१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीको आँखाको इसारामा कलाकार विल्सनविक्रमले उड्नै लागेको फ्लाइट क्यान्सिल गरे…

८ कार्तिक २०७८, सोमबार ०४:३९

कात्तिक ८, बिर्तामोड | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृहजिल्ला झापाको भ्रमणमा छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिए । भद्रपुरमा उनको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग भयो । राई आफैं पनि ओलीका फ्यान ।

त्यसमाथि ओलीले पनि रुचाएका एवं गृहजिल्लाबासी कलाकार । भद्रपुर विमानस्थलमा राईसँग अध्यक्ष ओलीको आँखा जुध्यो । इसारामै ओलीले सोधे कता हो ? जवाफमा आँखाको इशारामै विल्सनले काठमाडौं जान लागेको भने । ओलीले हुँदैन यतै रोकिन भने इशारामै । विल्सनले 'म जान लागेको हुँदैन'? भने आँखाको इशारामै ।

ओलीले आँखाको इशारामै कडा रुपमा तपाईँ यतै रोकिनुस्, नजानुस् भने पछि विल्सन रोकिए । ओलीलाई विल्सन रोकिएलान् जस्तो लागेको थिएन ।

तर एकैपटक भद्रपुर-१ पृथ्वीनगरस्थित पिता मोहन ओलीको घरमा विल्सनलाई देखेपछि ओलीले सोधे, तपाईँ पनि यता, टिकट क्यान्सिल गर्नुभयो ?

यो कुरा विल्सन स्वयंले अध्यक्ष ओलीकै अगाडि भनेका हुन् । बिर्तामोडमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ता हँसाउन आएका विल्सनले ओलीलाई हसाउँदै आफू कसरी कार्यक्रममा आएको जानकारी गराए ।

लिम्बुको छोरा, नेम्वाङको भाञ्जा भन्दै उनले सुवास नेम्वाङलाई मामा पर्ने भन्दै सेवारो (नमस्ते) भने । अनि ओलीसँग आफ्नो छुट्टै सम्बन्ध रहेको आँखा झिम्केपछि त्यसको भाव बुझिहाल्ने बताए । ओलीको आग्रहमा आफूले काठमाडौंको टिकट क्यान्सिल गरेर कार्यक्रममा सहभागी भएको उनले सुनाए ।


उपस्थित नेता कार्यकर्तालाई हँसाउने क्रममा विल्सनले केही जोकका साथै गीत पनि गाएका थिए । उनको प्रस्तुतिमा नेता कार्यकर्तासँगै अध्यक्ष ओली पनि मख्ख थिए । विल्सन ओलीका पिता मोहन ओलीको घरदेखि  प्रवेश कार्यक्रममा आफ्नो प्रस्तुतिसँग सँगै थिए । ओलीले पनि आफ्नो सम्बोधनमा विल्सनलाई सम्झिएका थिए । 

कार्यक्रममा काठमाडौंमा कलाकार राजा रानेन्द्र र गायिका पूर्णकला बिसी पनि पुगेका थिए । उनीहरुले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव