१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुखको आज बर्थ-डे, पुलिस अफिसरको भूमिका नपाएकोमा दुखित

१६ कार्तिक २०७८, मंगलवार ०४:५९

कात्तिक १६, काठमाडौं | बलिउडस्टार शाहरुख खानको मंगलबार २ नोभेम्बरमा जन्मोत्सव परेको छ । मंगलबार शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् ।  बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । उनलाई सम्झाउने नै उनले निर्वाह गरेका विभिन्न रोमान्टिक क्यारेक्टरले हो । यसैले गर्दा उनले एक्सन जनराका निकै कम फिल्म गरेका छन् । यिनै शाहरुखले एक अवार्डमा आफूले पुलिस अफिसरको भूमिका कुनै फिल्ममा पनि निर्वाह नगरेको गुनासो गरेका थिए ।

उनले आफू पुलिसको भूमिकामा देखिने इच्छासमेत जाहेर गरेका थिए । उनी पछिल्लो समय 'पठान' मा स्पाइ एजेन्टको भूमिका भने निर्वाह गरिरहेका छन् । उनको निर्माण तथा अभिनय रहेको फिल्म 'जिरो' असफल भएपछि उनले नयाँ निर्देशक र कथा चयनमा सतर्क छन् । 


पठानपछि शाहरुख साउथ इन्डियन फिल्म निर्देशक इटलीको फिल्ममा काम गर्ने तयारीमा छन् । मार्सल र थेरी जस्ता फिल्म निर्देशन गरेर चर्चामा आएका एटलीको फिल्म कुनै रिमेक नभई ओर्जिनल कथामा हुने बताइएको छ । शाहरुख चाहान्छन्, फिल्म हेरेर दर्शकले पूर्ण रूपमा मनोरञ्जन लिउन् । कोरोना भाइरसको महामारीका कारण यसको काम रोकिएको छ । 

यस्तै , शाहरुखले काम गर्न चाहेको अर्को निर्देशक हुन् राजकुमार हिरानी । केही समय यता उनीहरूले विभिन्न स्क्रिप्टमा छलफल गरेको खबर आउने गरेको छ ।  यद्यपि, फिल्म गर्ने घोषणा भने भएको छैन । सन् २०१८ मा रिलिज भएको फिल्म ‘सन्जु’ पछि हिरानीले पनि फिल्म निर्देशन गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव