१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब शाहरुखले आमिरलाई भने- काजोलसँग काम नगर्नू

१६ कार्तिक २०७८, मंगलवार ०६:३१

कात्तिक १६, काठमाडौं | आज २ नोभेम्बर । बलिउड स्टार शाहरुख खानको जन्मदिन । आजदेखि शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् ।

बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । किनकि उनले अभिनय गरेका अधिकांश फिल्म रोमान्टिक ड्रामाका छन् । शाहरुखको जोडीका रूपमा दर्शकले काजोललाई मन पराएका छन् । शाहरुख र काजोलको जोडी अभिनित अधिकांश फिल्मलाई दर्शकले रुचाएका छन् । काजोलसँग उनले पहिलो फिल्म 'बाजीगर' मा काम गरेका थिए भने पछिल्लो फिल्म थियो 'दिलवाले' ।

शाहरुखको बर्थ डेमा हामी आज यही रोमान्टिक अनस्क्रिन जोडीको एउटा रोचक जानकारी गराउँदैछौँ । याे जाेडीले दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, कभी खुशी कभी गम, माइ नेम इज खानलगायतका फिल्ममा सँगै काम गरे । त्यसपछि यो जोडी दर्शकमाझ प्रिय बन्यो ।

तर, फिल्म बाजीगरको छायांकनको क्रममा शाहरुखले अभिनेता आमिर खानलाई काजोलसँग काम नगर्न सल्लाह दिएका थिए । आमिरले कुनै प्रोजेक्टलाई लिएर काजोलको बारेमा सोध्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । शाहरुखले उक्त समयमा काम गर्न नसकिने अभिनेत्री भन्दै काजोलको चर्चा गरे । यसको कारण थियो, पहिलोपटक काम सहकार्य भइरहेको थियो । पहिलोपटक काम गरिरहेका थिए र एक अर्कासँग चिनजान थिएन ।

काजोलको बढी बोल्ने र टिप्पणी गर्ने बानी शाहरुखलाई मन परेको थिएन । काजोललाइ पनि केही कुरामा शाहरुख ठिक लागेको थिएन । यसैले गर्दा छायांकनको क्रममा यी दुईको झगडा पनि भयो । यसलाई शाहरुख स्वयंले एक अन्तर्वार्ताको क्रममा बताएका छन् । यद्यपि जसरी छायांकनमा यी दुईको भेटघाट हुँदै गयो, एक अर्कालाई बुझ्दै गए । र, पछि यी दुई राम्रो साथी बने ।

शाहरुखले अन्तर्वार्ताकै क्रममा भनेका छन्,’आमिरलाई काजोलको बारेमा प्रतिक्रिया दिएपछि मैले त्यही दिन बेलुकी फेरि फोन गरें । मैले मेरो व्यक्तिगत कारण त्यस्तो प्रतिक्रिया दिएको र काजोल राम्रो अभिनेत्री रहेको बताएँ । मन हल्का भयो । पछिल्लो समयसम्म मेरो मिल्ने साथीमध्येकी एक हुन् काजोल ।' यी दुईको सम्बन्ध बेलाबखतमा बिग्रिने पनि गरेको छ, यद्यपि अन्त्यमा जीत मित्रताकै हुने गरेको छ । यी दुईलाई स्क्रिनमा जोडीको रूपमा दर्शकले अझै हेर्ने चाहना सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव