२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब शाहरुखले आमिरलाई भने- काजोलसँग काम नगर्नू

२०७८, १६ कार्तिक मंगलवार ०६:३१

कात्तिक १६, काठमाडौं | आज २ नोभेम्बर । बलिउड स्टार शाहरुख खानको जन्मदिन । आजदेखि शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् ।

बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । किनकि उनले अभिनय गरेका अधिकांश फिल्म रोमान्टिक ड्रामाका छन् । शाहरुखको जोडीका रूपमा दर्शकले काजोललाई मन पराएका छन् । शाहरुख र काजोलको जोडी अभिनित अधिकांश फिल्मलाई दर्शकले रुचाएका छन् । काजोलसँग उनले पहिलो फिल्म 'बाजीगर' मा काम गरेका थिए भने पछिल्लो फिल्म थियो 'दिलवाले' ।

शाहरुखको बर्थ डेमा हामी आज यही रोमान्टिक अनस्क्रिन जोडीको एउटा रोचक जानकारी गराउँदैछौँ । याे जाेडीले दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, कभी खुशी कभी गम, माइ नेम इज खानलगायतका फिल्ममा सँगै काम गरे । त्यसपछि यो जोडी दर्शकमाझ प्रिय बन्यो ।

तर, फिल्म बाजीगरको छायांकनको क्रममा शाहरुखले अभिनेता आमिर खानलाई काजोलसँग काम नगर्न सल्लाह दिएका थिए । आमिरले कुनै प्रोजेक्टलाई लिएर काजोलको बारेमा सोध्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । शाहरुखले उक्त समयमा काम गर्न नसकिने अभिनेत्री भन्दै काजोलको चर्चा गरे । यसको कारण थियो, पहिलोपटक काम सहकार्य भइरहेको थियो । पहिलोपटक काम गरिरहेका थिए र एक अर्कासँग चिनजान थिएन ।

काजोलको बढी बोल्ने र टिप्पणी गर्ने बानी शाहरुखलाई मन परेको थिएन । काजोललाइ पनि केही कुरामा शाहरुख ठिक लागेको थिएन । यसैले गर्दा छायांकनको क्रममा यी दुईको झगडा पनि भयो । यसलाई शाहरुख स्वयंले एक अन्तर्वार्ताको क्रममा बताएका छन् । यद्यपि जसरी छायांकनमा यी दुईको भेटघाट हुँदै गयो, एक अर्कालाई बुझ्दै गए । र, पछि यी दुई राम्रो साथी बने ।

शाहरुखले अन्तर्वार्ताकै क्रममा भनेका छन्,’आमिरलाई काजोलको बारेमा प्रतिक्रिया दिएपछि मैले त्यही दिन बेलुकी फेरि फोन गरें । मैले मेरो व्यक्तिगत कारण त्यस्तो प्रतिक्रिया दिएको र काजोल राम्रो अभिनेत्री रहेको बताएँ । मन हल्का भयो । पछिल्लो समयसम्म मेरो मिल्ने साथीमध्येकी एक हुन् काजोल ।' यी दुईको सम्बन्ध बेलाबखतमा बिग्रिने पनि गरेको छ, यद्यपि अन्त्यमा जीत मित्रताकै हुने गरेको छ । यी दुईलाई स्क्रिनमा जोडीको रूपमा दर्शकले अझै हेर्ने चाहना सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना