१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कठपुतली’ हेर्दा ‘आईफोन १२’ उपहार

२२ पुष २०७८, बिहीबार ०६:४१

पुस २२, काठमाडौँ | गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ले बक्सअफिसमा उत्साहपुर्ण व्यापार गरिरहेको छ । 'वर्ड अफ माउथ' बलियो रहेको फिल्मले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन । महामारीपछि प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शक फर्काउन नसकेकोमा चिन्तित बनेका फिल्मकर्मीहरुलाई पनि ‘कठपुतली’को व्यापारले आश जगाएको छ ।

यसैबीच, पहिलो सप्तान्नसम्मको व्यापारको उत्साहबाट निर्माण टीमले दर्शकलाई आकर्षक उपहार योजना अगाडि सारेको छ । फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिने बताईएको छ ।

यो योजनामा सहभागि हुन दर्शकले केहि नियम पालना गर्नुपर्ने हुन्छ । एक टिकट एकजनाको लागि मात्र मान्य हुनेछ, टिकट नम्बरको आधारमा मान्यता जाँच हुनेछ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात 'पब्लिक पोष्ट' कुनैपनि सोसल मिडियामा राख्नुपर्ने हुन्छ ।

त्यसरी फोटो राख्दा 'क्याप्सन'मा #KATHAPUTALI #WINIPHONE लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सुचना फिल्म टीमले प्राप्त गर्नेछ । 'लक्की ड्र' मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरि उपहार दिईने बताईएको छ ।

भिमसेन लामा निर्देशित यस फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव