बाहिरियो ज्याकलिनको गोप्य तस्बिर

Posted on: 09 Jan, 2022

एजेन्सी | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ। केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो। गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन्।

ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन्। यसमा मिडियाका सबै साथीहरू पनि सामेल हुनुहुन्छ। म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु। मलाई आशा छ, म छिट्टै यो तनावबाट मुक्त हुनेछु।’

उनले मिडियालाई आफ्नो बाहिरिएको गोप्य तस्बिर भाइरल नबनाइदिन आग्रह गरेकी छन्। उनले लेखेकी छन्, ‘म मिडियालाई मेरो व्यक्तिगत कुरालाई ध्यान दिएर मेरो व्यक्तिगत तस्बिर भाइरल नबनाइदिन आग्रह गर्छु। तपाईंहरु आफ्नो प्रिय र नजिकको व्यक्तिसँग यस्तो व्यवहार गर्न सक्नुहुन्न।’

ज्याकलिनको केही समयअगाडि मात्रै ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएको थियो। उनलाई ठगी गरेको आरोपमा सोधपुछ पनि भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!