२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमानको उजुरीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२०७८, १ माघ शनिबार ०८:३६

माघ १, मुम्बई (अमर उजाला) | बलिउड अभिनेता सलमान खानले आफ्नो एक छिमेकी केतन कक्कडमाथि अदालतमा दर्ता गरेको मानहानीको मुद्दामा अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार भएको छ । केतन सलमानको पनवेलस्थित फार्म हाउस नजिकै रहेको एक जमीनका मालिक हुन् ।

सलमानले छिमेकी केतनमाथि आफूलाई बद्नाम गर्न खोजेको आरोप लगाएका थिए । सलमानका अनुसार केतनले एक युट्युब च्यानलसँगको अन्तरवार्तामा अपशब्द प्रयोग गरेर उनको बद्नाम गरेका थिए । यही विषयमा सलमानले मुम्बई सिटी सिविल कोर्टमा उजुरी दिएका थिए । अदालतले सलमानको पक्षमा कुनै पनि अन्तरिम आदेश नदिने जनाएको छ ।

न्यायाधीश अनिल एच लद्दादले सलमानको उजुरीमाथि केतनलाई आफ्नो जवाफ दर्ता गराउन आदेश दिएका छन् । अदालतले यो मामलाको आगामी सुनुवाई जनवरी २१ लाई तोकेको छ ।

सलमान पक्षको डीएसके लिगलका वकिलले अदालतसमक्ष सुनुवाईको समयमा केतनद्वारा कुनै पनि किसिमको मानहानी बयान नदिन आदेशको माग गरेको छ । तर केतनका वकिल आभा सिंह र आदित्य प्रतापले यो मागको विरोध गरेका छन् ।

सलमान मुम्बईको बान्द्रामा बस्छन् । तर उनको पनवेलमा एक फार्म हाउस छ । केतन मुम्बईमा बस्छन् र सलमानको फार्महाउस छेउमा उनको प्लट छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना