२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहविरुद्ध अनुसन्धान पूरा नभएकाले फेरि म्याद थपको तयारी

२२ फाल्गुन २०७८, आईतवार ०७:३३

फागुन २२, काठमाडौँ । एक सातादेखि हिराशतमा रहेका किशोरी बलात्कारका अभियुक्त पल शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको तयारी हुँदैछ। गत सातादेखि प्रहरी नियन्त्रणमा रहेका शाहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। पहिलो पटक अदालतबाट लिएको समय आज सकिँदैछ।

अदालतबाट लिएको समय सकिएको र अनुसन्धान नसकिएकाले प्रहरीले थप म्याद लिएर अनुसन्धान गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालयले आज जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको हो। सात दिनको अवधिमा प्रहरीले अभियुक्तसँग बयान लिने, घटनासँग विभिन्न कारणले जोडिएका मानिससँग बयान लिने र अन्य अपराध पुष्टि गर्ने लगायतका कार्य गरिरहेको छ।

जिल्ला अदालत तनहुँमा शाहमाथि उजुरी दर्ता भएपछि प्रहरीले पल शाहलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो। पुर्जी जारी भएपछि शाह पाँच दिनसम्म फरार भएका थिए। चर्को आलोचना भएपछि पल शाह आफैं प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए।

सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्‍न नेपालको कानुनले बर्जित गरेको छ। यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा १० देखि १२ वर्ष कैद सजायको सम्भावना रहन्छ। शाहविरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा समेत उजुरी दर्ता भइसकेको छ।

शाहले २०७८ वैशाखमा पछिल्लो पटक किशोरीसँग करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। २५ दिनभित्र प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउनुपर्छ।

सरकारी वकिल कार्यलयले प्रहरीको अनुसन्धान चित्त बुझेमा जिल्ला अदालत तनुहँमा मुद्दा दर्ता गर्ने छ। त्यसपछि अदालतमा बहस सुरु हुन्छ। जिल्ला न्यायधीशले त्यसपछि आदेश सुनाउँछन्। पहिलो चरणमा साधरण तारिकमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पूर्पक्षको लागि थुनामा पठाउने मध्ये एक आदेश दिनेछन्।

पूर्पक्षको लागि हिरासतमा पठाउने आदेश भए पल शाहले हिरासतमा नै बसेर मुद्दा खेप्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो