१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै मितिमा घोषणा हुन थाले नेपाली फिल्महरू

४ चैत्र २०७८, शुक्रबार ०७:०३

चैत ४, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका फिल्महरू अवस्था सामान्य भएसँगै प्रदर्शन डेट घोषणा गर्न थालेका छन् । दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गरिरहँदा फिल्महरूले एउटै डेटसमेत रोज्न थालेका छन् । 

कोरोनाले असर गरेको फिल्महरू एकआपसमा डेट जुध्नु राम्रो त होइन । तर, फिल्मका निर्माता तथा वितरकहरू बिदाको समयलाई नगुमाउने मनस्थितिमा देखिन्छन् । 

एकै हप्ता दुई नेपाली फिल्मले प्रदर्शन मिति बुक गर्न थालेका छन् । यो चाप आउने वर्षको भदौमा देखिएको छ । ३ भदौमा केही दिन अगाडि ‘प्रेमगन्ज’ ले रिलिज घोषणा गरेको थियो । फिल्म १० भदौमा रिलिज गर्ने तयारी गरिए पनि उक्त डेटमा ‘पानीफोटो’ ले रिलिज हुने घोषणा गरेपछि ‘प्रेमगन्ज’ ३ भदौमा प्रदर्शन हुने तय भयो । 


यद्यपि यसको केही समयपछि १० भदौमा ‘प्रकाश’ रिलिज घोषणा भयो । कोरोना महामारीको समयमा फिल्म एकआपसमा जुध्न नहुने चर्चाकै बीच ३ भदौमा ‘कृष्ण लीला’ रिलिज घोषणा भएको छ । भदौको पहिलो हप्ता कृष्णा लीला र प्रेमगन्ज तथा दोस्रो हप्ता पानीफोटो र प्रकाश प्रदर्शनमा आउने भएका छन् । हलिउड र हिन्दी भाषाको फिल्मसँग बचेर डेट घोषणा गर्नुपर्ने बाध्यता नेपाली फिल्मका निर्मातालाई भएकाले पनि फिल्म जुध्ने गरेका छन् । 

नेपाली फिल्मका वितरकहरू हिन्दी  भाषाका फिल्महरू तथा हलिउड फिल्महरूसँग नेपाली फिल्म नजुधाउन सुझाउने गरेका छन् । तर पनि नेपाली फिल्महरू आपसमा भिड्ने गरेका छन् । कोरोनाका कारण प्रदर्शन स्थगित भएका विदेशी फिल्महरू भटाभट प्रदर्शन हुने घोषणा हुँदा त्यसको प्रभाव नेपाली फिल्ममा पनि देखिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव