१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पलका म्यानेजरको बयान : घटना बाहिरिएपछि तलब दोब्बर बनाइदिए, धम्की दिएकै हुँ

९ चैत्र २०७८, बुधबार ०९:४८

चैत ९, काठमाडौँ । नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। पलले १६ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको र जोशीले मतियारको भूमिका निर्वाह गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो।

सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा पलका म्यानेजर जोशीले पल र नाबालिगबीचको विवाद आफूले मिलाउन खोजेको बयान दिएका छन्। 

‘मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर। तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छु भनेको थिएँ,’ अदालतमा पेस गरिएको बयानमा उल्लेख छ। 

बयानका क्रममा उनले पल र आफूबीच मनमुटाव हुँदा आफूलाई म्यानेजरबाट हटाइएको प्रसंग समेत उल्लेख गरेका छन्। तर, पीडित र उनको प्रसंग मिडियामा छताछुल्ल हुन थालेपछि दोब्बर तलब बनाएर आफूलाई फेरि काममा राखेको उनले बयानमा भनेका छन्। 

‘म शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिका र प्रतिवादीबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो,’ उनको बयान छ, ‘शाहसँग मेरो मनमुटाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए। २०७८ सालको असार अन्तिम हप्तातिर पीडित भनिएकी नाबालिगकले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेको र वास्ता गर्न छाडेको बताएकी थिइन्।'

कृष्ण जोशीले दिएको बयानः

मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक २५ हजार तलब लिई उनी सहभागी हुने फिल्म, गीत, संगीत र विज्ञापन तथा स्टेज कार्यक्रमको समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने समेतको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ। 

म शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिका र प्रतिवादीबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो। शाहसँग मेरो मनमुटाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए। २०७८ सालको असार अन्तिम हप्तातिर पीडित भनिएकी नाबालिगकले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेको र वास्ता गर्न छाडेको बताएकी थिइन्। 

म लगायतले पीडित र प्रतिवादी पूर्णविक्रम शाहलाई बुझ्दा नाबालिकाले आफूलाई पूर्णविक्रम शाहले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक जबर्जस्ती करणी गरेका कारण म पीडामा छु भनेकी थिइन्।

प्रतिवादी पूर्णविक्रम शाहले गर्लफ्रेण्ड, ब्वाईफ्रेण्डबीचको अन्डरस्टान्डिङमा भयो हैन, तै पनि हामीसँगै हुँदा केही भयो होला स्वीकार्नै पर्छ, बिहे नै गर्नैपर्छ भन्न चाहिँ मिल्दैन भन्ने शब्दहरु बोलेका थिए।

प्रतिवादी पूर्णविक्रम शाह र पीडित नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु प-यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर ५० हजार रुपैयाँ तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएका थिए। 

त्यसपछि मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छु भनेको थिएँ।

तर, दुर्गा अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ। दुर्गाले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो। देखी चिनेर सनाखत गरेँ। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केही जस्तो लाग्दैन भन्ने शब्दहरु प्रयोग गरेको हुँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव