१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राति १२ बजे प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेनन् (फैसलासहित)

१० चैत्र २०७८, बिहीबार १९:५१

चैत ११, काठमाडौं । नावालिगलाई गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो । 

बलात्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै  जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए । 

१६ वर्षभन्दा कम उमेरकी नावालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो । 

बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए । 

बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो । 

आदेशमा पलले पीडीतलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णत : इन्कार गरेको भएता पनि उनले मौकामा गरेको बयान हेर्दा राति १२ बजे पीडितलाई म्यासेज गरी साथीहरुसँग खाइ बाँकी हरेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई पलले स्वीकार गरेको पाइएको उल्लेख गरिएको छ । 

फैसालामा भनिएको छ,' एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ती सोही राति निजले पीडतलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।'

पलले बालिकालाई माया प्रेम गर्ने तथा विवाहको झुठो आश्वासन दिइ पहिला पनि पटक पटक जबरजस्ती करणी गरेको भन्ने पीडितले मौकामा व्यक्त गरेको घटना विवरण काजबाट देखिने फैसलामा उल्लेख गरिएको छ । 

यस्तो छ आदेशको पूर्ण पाठ: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव