सन्तोष बस्याल | तपाईंलाई हास्न मन छ ? हास्नको लागी तपाईं केके गर्नुहुन्छ र ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोष बस्याल | तपाईंलाई हास्न मन छ ? हास्नको लागी तपाईं केके गर्नुहुन्छ र ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

छक्का पञ्जाले हसाउने भो अष्ट्रेलियामा, दर्शकको प्रखाईमा सेप्टेम्बर १८

१४ भाद्र २०७३, मंगलवार ०३:२८

सन्तोष बस्याल | तपाईंलाई हास्न मन छ ? हास्नको लागी तपाईं केके गर्नुहुन्छ र ? अब तपाईंले जेसुकै गरेतापनी अष्ट्रेलियामा भने सेप्टेम्बर १८ मा  हास्नु पाइने भएको छ । चर्चित हास्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको संयुक्त निर्माण रहेको चलचित्र 'छक्का पन्जा' अष्ट्रेलियामा प्रदशन हुने थाहा पाएपछी त्यहा भएका नेपालीहरु प्रखाईमा छन सेप्टेम्बर १८ को । उक्त तारिकमा ब्रिस्बेन सिटीमा प्रदशन हुने चलचित्र हेर्नका लागी अहिले देखीनै टिकट बुकिङ्ग भईरहेको छक्का पण्जा को वितरण र मार्केटिङको जिम्मा लिएको अष्ट्रेलियाको मास्टर इभेन्टले जानकारी दिएको छ । 

दिपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र 'छक्का पन्जा'मा  नेपालका चर्चित हास्यकलाकार दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे बुद्धी तमाङ र शिवहरी पौडेलको हास्य प्रस्तुती सहितको अभिनय भएकाले पनि दर्शकको रोजाइको प्रखाईमा छ भन्ने अनुमान गर्न सकिन्छ । यस्तै नेपालकी चर्चित नायिका प्रियान्का कार्कीको ग्ल्यामर्स लूक्स र अभिनयले दर्शकको मन पर्फुल्ल नपार्ने कुरै हुँदैन । फेरी सङ्गीत पनि उस्तै टिपिकल छ नि । सुर्के थैली गीतले १ करोडको सर्वाधिक्ता पाएलगतै चर्चाको शिखरमा रहेका संगीतकार राजनराज शिवाकोटीकै संगीत र आवाज रहेको छक्का पण्जा को ूपूर्व पश्चिम रेल ूलाई  युटियुबमा अप्लोड गरेलगतै ४ महिनाको अन्तरालमा २५ लाख भन्दा बढीले हेरेका छन । यस्तै सोही चलचित्रमा संगीतकार दिपक शर्माको संगीत रहेको अर्को गीत 'देखन चम्पा सुनन चम्पा'लाई पनि १० लाख भन्दा बढीले हेरेका छन । मौलिक लय र लोक फेलेवरमा निर्माण गरिएको उक्त गीतहरुले चर्चा कमाउदै छन । भ्हउभचत भ्मगअबतष्यल ७ ख्ष्कब सर्भिस इभेन्ट पार्ट्नर रहेको उक्त कार्यक्रमलाई सफल पार्न त्यारी तिव्र गतिमा भईरहेको आयोजकले जनाएको छ ।

यस्तै अष्ट्रेलियाको विभिन्न शहरहरुमा हसाउदैछ छक्का पण्जाले । ब्रीसबेनमा भने सेप्टेम्बर १८ मा एभेन्ट सिनेमा माएर सेन्टरमा प्रदशन हुँदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प