२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सौगात र दियाको सुटिङ अनुभव : छायाङ्कनको अन्तिमतिर आइपुग्दा रासन नै सकिएछ

२०७९, १० बैशाख शनिबार ०८:५९

वैशाख १०, काठमाडौँ | वैशाख १६ गतेबाट प्रदर्शनको तयारीमा छ चलचित्र 'मन्त्र'। प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेटसम्म प्राप्त गरिसकेको चलचित्र कस्तो छ त ! धेरैलाई चासो छ । खिलबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रले हिमाली भेगको कथा, त्यहाँको समाजको कथा अनि प्रेमको कथा बोल्ने निर्माण टिमको दाबी छ । 

नेपाली चलचित्र बजारमा मौलिक कथा र प्रस्तुतिको बहस चल्दै गर्दा त्यसैको वरिपरि रहेर चलचित्र तयार भएको निर्माण पक्षको दाबी छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपास अर्थात् जिल्लाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्यहरू समावेश गरिएको चलचित्रमा भर्साइटल अभिनेता सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा छन् भने साथमा छन् हास्य कलाकार बुद्धिबहादुर तामाङ ।

नेपालमा कोरोना भाइरसको प्रभाव सुरु हुनु अगावै निर्माण गरिएको चलचित्र हो ‘मन्त्र’ । वातावरणीय हिसाबमा निकै चिसो स्थानमा खिचिएको चलचित्रमा अभिनय गर्न निकै कठिन भएको अनुभव साट्छन् चलचित्रका कलाकार सौगात र दिया । अझ सामा गाउँको रहनसहन, लवज र संस्कारसहितको कथामाथि काम गर्न झनै कठिन भएको उनीहरूको अनुभव छ। भौगोलिक विकटताका कारण चलचित्र छायाङ्कनको अन्तिमतिर पुग्दा रासनको अभाव, चलचित्रका लागि आवश्यक घोडसवारको कठिन अभ्यास अनि हिमाली भेगमा लागाइने बाक्लो पहिरन र लवजसँगको दोस्तीयारीका किस्सा पनि उनीहरूसँग उतिकै छन् । दिया भन्छन्, ‘त्यहाँको भाषा संस्कृति अनि लवजका विषयमा निकै अध्ययन गरेँ, धेरै आम सर्वसाधारणसँगको हिमचिममा रहेर सिक्ने प्रयास गरेँ तर, डबिङको समयमा त निकै कठिन नै भयो।’

विशेष गरेर प्रेम प्रसङ्गमा छोपेर बिहे गर्ने परम्परागत विषयलाई पनि चलचित्र प्राथमिकताका साथ प्रस्तुत गरेको छ । जुन विषय आम नेपाली दर्शकका लागि निकै रोचक हुने र नेपाली संस्कृति र परम्परासँग पनि जोडिने उनीको दाबी छ ।  यिनै सन्दर्भमा चलचित्र मन्त्रको कथावस्तु, पात्र, परिवेश अनि छायाङ्कन अनुभवलगायत विषयमा कलकारद्वय सौगात मल्ल र दिया पुनसँग रातोपाटीका लागि गरिएको सिनेमा संवाद : 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति