१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सौगात र दियाको सुटिङ अनुभव : छायाङ्कनको अन्तिमतिर आइपुग्दा रासन नै सकिएछ

१० बैशाख २०७९, शनिबार ०८:५९

वैशाख १०, काठमाडौँ | वैशाख १६ गतेबाट प्रदर्शनको तयारीमा छ चलचित्र 'मन्त्र'। प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेटसम्म प्राप्त गरिसकेको चलचित्र कस्तो छ त ! धेरैलाई चासो छ । खिलबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रले हिमाली भेगको कथा, त्यहाँको समाजको कथा अनि प्रेमको कथा बोल्ने निर्माण टिमको दाबी छ । 

नेपाली चलचित्र बजारमा मौलिक कथा र प्रस्तुतिको बहस चल्दै गर्दा त्यसैको वरिपरि रहेर चलचित्र तयार भएको निर्माण पक्षको दाबी छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपास अर्थात् जिल्लाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्यहरू समावेश गरिएको चलचित्रमा भर्साइटल अभिनेता सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा छन् भने साथमा छन् हास्य कलाकार बुद्धिबहादुर तामाङ ।

नेपालमा कोरोना भाइरसको प्रभाव सुरु हुनु अगावै निर्माण गरिएको चलचित्र हो ‘मन्त्र’ । वातावरणीय हिसाबमा निकै चिसो स्थानमा खिचिएको चलचित्रमा अभिनय गर्न निकै कठिन भएको अनुभव साट्छन् चलचित्रका कलाकार सौगात र दिया । अझ सामा गाउँको रहनसहन, लवज र संस्कारसहितको कथामाथि काम गर्न झनै कठिन भएको उनीहरूको अनुभव छ। भौगोलिक विकटताका कारण चलचित्र छायाङ्कनको अन्तिमतिर पुग्दा रासनको अभाव, चलचित्रका लागि आवश्यक घोडसवारको कठिन अभ्यास अनि हिमाली भेगमा लागाइने बाक्लो पहिरन र लवजसँगको दोस्तीयारीका किस्सा पनि उनीहरूसँग उतिकै छन् । दिया भन्छन्, ‘त्यहाँको भाषा संस्कृति अनि लवजका विषयमा निकै अध्ययन गरेँ, धेरै आम सर्वसाधारणसँगको हिमचिममा रहेर सिक्ने प्रयास गरेँ तर, डबिङको समयमा त निकै कठिन नै भयो।’

विशेष गरेर प्रेम प्रसङ्गमा छोपेर बिहे गर्ने परम्परागत विषयलाई पनि चलचित्र प्राथमिकताका साथ प्रस्तुत गरेको छ । जुन विषय आम नेपाली दर्शकका लागि निकै रोचक हुने र नेपाली संस्कृति र परम्परासँग पनि जोडिने उनीको दाबी छ ।  यिनै सन्दर्भमा चलचित्र मन्त्रको कथावस्तु, पात्र, परिवेश अनि छायाङ्कन अनुभवलगायत विषयमा कलकारद्वय सौगात मल्ल र दिया पुनसँग रातोपाटीका लागि गरिएको सिनेमा संवाद : 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल