२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दंगल’ र ‘आरआरआर’ लाई उछिन्दै केजिएफ २: भारतमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्मको स्थानमा

२२ बैशाख २०७९, बिहीबार ११:३९

वैशाख २२, काठमाडौं | दक्षिण भारतीय फिल्म 'केजिएफः च्याप्टर २' ले आमिर खानको 'दंगल' र एसएस राजामौलीको 'आरआरआर' लाई उछिन्दै भारतमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्मको स्थान बनाएको छ। यो फिल्मले हिन्दी संस्करणमा पनि सर्वाधिक कमाउने दोस्रो फिल्मको स्थान बनाएको छ। 

यीबाहेक भारतमा सर्वाधिक कमाइ गर्ने दश वटा फिल्म कुन हुन्?

१. बाहुबली २

एसएस राजामौलीको 'बाहुबलीः द कन्क्लुजन' ले भारतमा एक हजार तीन सय ४६ करोड ९० लाख भारतीय रुपैयाँ कमाएको थियो। यो फिल्म हालसम्म शीर्ष स्थानमा छ।

२. केजिएफः च्याप्टर २

यश स्टारर फिल्म 'केजिएफ २' ले प्रदर्शन भएको २० दिनमा आठ सय ९२ करोड भारु कमाएको छ। फिल्मले अझै पनि भारतीय बक्स अफिसमा राम्रो प्रर्दशन गरिरहेको छ। यो फिल्मले हिन्दी भाषामा पनि तीन सय ९१ करोड ६५ लाख कमाउँदै सर्वाधिक कमाउने फिल्मको दोस्रो स्थान आएको छ।

३. आरआरआर

एसएस राजामौलीको 'आरआरआर'ले प्रदर्शन भएको ४० दिनमा आठ सय ८७ करोड भारु कमाएको छ। फिल्ममा राम चरण र जुनियर एनटीआरको मुख्य भूमिका छ।

४. दंगल

आमिर खानको 'दंगल'ले भारतमा पाँच सय ११ करोड ३० लाख भारु कमाएको थियो। योसँगै फिल्म हाल सर्वाधिक कमाउनेमध्ये चौथो स्थानमा छ।

५. २.०

जनीकान्त र अक्षय कुमार अभिनित फिल्म '२.०' ले भारतमा पाँच सय आठ करोड ५० लाख कमाएको थियो। सर्वाधिक कमाउने भारतीय फिल्ममध्ये यो पाँचौ स्थानमा छ। 

६. 'बाहुबलीः द बिगिनिङ'

एसएस राजामौलीको 'बाहुबलीः द बिगिनिङ' भारतमा चार सय ८२ करोड भारु कमाएको थियो। फिल्ममा प्रभास, राण दग्गुवाती, तमन्ना भटियाको मुख्य भूमिका रहेको थियो। 

७. पिके

आमिर खानको अर्काे ब्लकबस्टर फिल्म 'पिके' ले भारतमा चार सय ५५ करोड कमाएको थियो। फिल्ममा आमिरसँगै अनुष्का शर्माको मुख्य भूमिका थियो।

८. एभेन्जर्सः एन्डगेम 

हलिउड फिल्म 'एभेन्जर्सः एन्डगेम' ले भारतमा मात्रै चार सय ४२ करोड ७० लाख कमाएको थियो। यो फिल्म भारतमा सर्वाधिक कमाउने आठौं स्थानमा पर्न सफल भएको छ।  

९. टाइगर जिन्दा है

सलमान खान र कट्रिना कैफको फिल्म 'टाइगर जिन्दा हे' ले भारतमा चार सय ३४ करोड ७० लाख कमाएको थियो। 

१०. सञ्जु

बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म 'सञ्जु' ले भारतमा चार सय ३४ करोड ३० लाख कमाएको थियो। हाल यो भारतमा सर्वाधिक कमाइ गर्ने फिल्मको १० औं स्थानमा छ। फिल्ममा सञ्जय दत्तको भूमिकामा रणवीर कपूर देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव