२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउड स्टार विललाई महँगो बन्दै ओस्करको थप्पड, समारोहमा सहभागी हुन देखि फिल्मसम्म रोकियो

२५ बैशाख २०७९, आईतवार ०८:३८

वैशाख २५, काठमाडौ | ओस्करमा थप्पड काण्ड हलिउड स्टार विल स्मिथलाई निकै महँगो परेको छ । यो घटनापछि उनको व्यक्तिगत र व्यावसायिक जीवनमा समस्या बढ्दै गएको छ । ओस्कार एकेडेमीले उनलाई समारोहमा सहभागी हुन प्रतिबन्ध लगाएको छ भने उनको आगामी फिल्म ‘ एम्यानसिपेशन’को रिलिज स्थगित भएको छ । यसअघि नेटफ्लिक्सले पनि उनको फिल्मको अर्को भाग नबनाउने घोषणा गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार एम्यानसिपेशनका निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने निर्णय गरेका छन्। निर्माण पक्षले यो फिल्मलाई २०२३ सम्म सार्ने योजना बनाएको छ । यद्यपी यस फिल्मको अर्को रिलिज मितिबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन ।

थप्पड काण्डपछि नेटफ्लिक्सले विल स्मिथ स्टारर फिल्म ब्राइटको दोस्रो भाग नबनाउने निर्णय गरेको छ । तर, नेटफ्लिक्सले फिल्मको अर्को भाग नबनाएकोमा ओस्कर स्ल्याप काण्डसँग यसको कुनै सम्बन्ध नरहेको बताएको छ ।

Oscars ceremony delivers drama as Will Smith slaps Chris Rock | Financial  Times

विल र उनकी श्रीमती जाडा पिन्केटबीच पनि सम्बन्ध बिग्रिएको छ । उनीहरूको सम्बन्धविच्छेदको खबर हलिउड उद्योगमा आएको छ । समाचारका अनुसार विल र जादाबीच कुराकानी बन्द छ । ओस्कार अवार्डमा भएको विवाद दुवैको सम्बन्धविच्छेदको कारण बनेको बताइएको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर ओस्कार अवार्डको घटनापछि यो विवाद गहिरिएको छ ।

रिपोर्टलाई विश्वास गर्ने हो भने यो जोडी छुट्टिएमा जाडाले विलको आधा सम्पत्ति पाउनेछन्।विल स्मिथको कुल सम्पत्ति हाल करिब ३५० मिलियन डलर छ । यदि यस्तो भयो भने यो उद्योग संसारको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ। यो सम्बन्धविच्छेद ब्राड पिट र एन्जेलिना जोली भन्दा महँगो हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव