२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बच्चन पाण्डे’को असफलतापछि अक्षयले घटाए पारिश्रमिक

२०७९, ११ जेष्ठ बुधबार ०५:०८

जेठ ११, काठमाडौँ | अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन् । उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् । तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो—‘बच्चन पाण्डे’को असफलता ।


यो फिल्म असफल भएपछि अभिनेताले आउदा प्रोजेक्टका लागि पारिश्रमिकमा केही कटौती गर्ने निर्णय लिएका छन् । यद्यपि, उनले सबै प्रोजेक्टका लागि भने पारिश्रमिक कटौती गरेका होइनन् । कम तथा मध्यम बजेटका फिल्मका लागि मात्र अक्षयले पारिश्रमिक घटाएका हुन् ।

उनले ‘सेल्फी’ र ‘सुराराई पोत्र’ जस्ता रिमेक प्रोजेक्टका लागि सय करोडभन्दा कम पारिश्रमिक लिँदैछन् ।

अक्षयको फिल्म ‘बच्चन पाण्डे’ झण्डै एक सय ८० करोडको लागतमा बनेको थियो । फिल्मको बजेट अक्षयकै पारिश्रमिकका कारण बढेको थियो । किनकी उनले एक्लै यो फिल्मबाट सय करोड बढी पारिश्रमिक लिएका थिए । फिल्म रिलिजपछि यसले बक्सअफिसमा केवल ५० करोडमात्र कलेक्सन गर्न सकेको थियो ।

यो फिल्ममात्र नभई ‘बेलबटम’ को बजेट पनि अक्षयको महंगो पारिश्रमिकका कारण बढेको थियो । ‘बच्चन पाण्डे’ मार्च १८, २०२२ मा होलीको मौका पारी रिलिज भएको थियो । यो फिल्ममा अक्षयसँगै कृति सेनन, अरशद वारसी र ज्याकुलिन फर्नान्डिजजस्ता कलाकारको अभिनय थियो । फिल्मको निर्देशन फरहाद सामजीले गरेका थिए ।

अक्षयका फिल्महरु ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘ओह माय गड २’ निर्माणसँगै प्रदर्शनको चरणमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी