२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बच्चन पाण्डे’को असफलतापछि अक्षयले घटाए पारिश्रमिक

११ जेष्ठ २०७९, बुधबार ०५:०८

जेठ ११, काठमाडौँ | अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन् । उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् । तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो—‘बच्चन पाण्डे’को असफलता ।


यो फिल्म असफल भएपछि अभिनेताले आउदा प्रोजेक्टका लागि पारिश्रमिकमा केही कटौती गर्ने निर्णय लिएका छन् । यद्यपि, उनले सबै प्रोजेक्टका लागि भने पारिश्रमिक कटौती गरेका होइनन् । कम तथा मध्यम बजेटका फिल्मका लागि मात्र अक्षयले पारिश्रमिक घटाएका हुन् ।

उनले ‘सेल्फी’ र ‘सुराराई पोत्र’ जस्ता रिमेक प्रोजेक्टका लागि सय करोडभन्दा कम पारिश्रमिक लिँदैछन् ।

अक्षयको फिल्म ‘बच्चन पाण्डे’ झण्डै एक सय ८० करोडको लागतमा बनेको थियो । फिल्मको बजेट अक्षयकै पारिश्रमिकका कारण बढेको थियो । किनकी उनले एक्लै यो फिल्मबाट सय करोड बढी पारिश्रमिक लिएका थिए । फिल्म रिलिजपछि यसले बक्सअफिसमा केवल ५० करोडमात्र कलेक्सन गर्न सकेको थियो ।

यो फिल्ममात्र नभई ‘बेलबटम’ को बजेट पनि अक्षयको महंगो पारिश्रमिकका कारण बढेको थियो । ‘बच्चन पाण्डे’ मार्च १८, २०२२ मा होलीको मौका पारी रिलिज भएको थियो । यो फिल्ममा अक्षयसँगै कृति सेनन, अरशद वारसी र ज्याकुलिन फर्नान्डिजजस्ता कलाकारको अभिनय थियो । फिल्मको निर्देशन फरहाद सामजीले गरेका थिए ।

अक्षयका फिल्महरु ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘ओह माय गड २’ निर्माणसँगै प्रदर्शनको चरणमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव