२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेका यी हुन् चर्चित अभिनेत्रीहरू

१२ जेष्ठ २०७९, बिहीबार ११:४९

जेठ १२, काठमाडौँ | बलिउड सेलिब्रेटीहरू कुनै न कुनै कारण चर्चामा आइरहन्छन् । चाहे त्यो फिल्मी करियरलाई लिएर होस् या निजी जीवनका कारण नै किन नहोस् । यो मामलामा विशेषत अभिनेत्रीहरू अगाडि छन् । प्रायः अभिनेत्रीहरू आफ्नो बोल्ड शैलीका कारण चर्चामा आइरहन्छन् । बलिउडमा यस्ता केही अभिनेत्रीहरू छन्, जसले ‘बी’ ग्रेडका फिल्ममा आफ्नो हट र बोल्ड शैलीले तहल्का मच्चाएका थिए ।


कटरीना कैफ

बलिउडकी सुन्दर अभिनेत्री कटरीना कैफले कुनै समय ‘बी’ ग्रेडको फिल्ममा पनि अभिनय गरेकी थिइन् । सन् २००३ मा रिलिज फिल्म ‘बुम’मा कटरीनाले अभिनेत्री गुलशन ग्रोवरको अपोजिटमा रही अभिनय गरेकी थिइन् । यो फिल्ममा अभिनेत्रीले एकसे एक बोल्ड दृश्य दिएकी थिइन् ।

नेहा धुपिया

बलिउड अभिनेत्री नेहा धुपिया केही उत्कृष्ट फिल्मका लागि चिनिन्छिन् । उनले कैयौं ‘बी’ ग्रेडका फिल्ममा पनि अभिनय गरेकी छन् । सन् २००५ मा रिलिज फिल्म ‘शीशा’ पनि त्यसमध्ये एक हो । यो फिल्ममा उनले निकै बोल्ड दृश्य दिएकी थिइन् ।

पायल रोहतगी

‘बी’ ग्रेडका फिल्ममा अभिनय गर्ने अभिनेत्रीको सूचीमा पायल रोहतगीको नाम छुट्दैन । सन् २००४ मा रिलिज फिल्म ‘तौब-तौबा’मा उनी निकै बोल्ड देखिएकी थिइन् । हालैमात्र कंगना रनावतको प्रख्यात रियालिटी शो ‘लक अप’मा पायल उपस्थित भएकी थिइन् ।

अर्चना पुरन सिंह

अभिनेत्री अर्चना पुरन सिंह अहिले ‘द कपिल शर्मा शो’का कारण चर्चामा छिन् । अर्चनाले पनि ‘बी’ ग्रेडको फिल्म ‘रात के गुनाह’मा आफ्नो बोल्डनेस देखाइसकेकी छन् । यो फिल्म सन् १९९४ मा रिलिज भएको थियो ।

ईशा कोप्पिकर

अभिनेत्री ईशा कोप्पिकरले बलिउडका धेरै ठूला फिल्ममा अभिनय गरेकी छन् । तर कुनै समयमा उनले ‘हसीना’ र ‘गलप्रेण्ड’ जस्ता ‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रिती झंगियानी

अभिनेत्री प्रीती झंगियानी पनि ‘बी’ ग्रेडको हिस्सा बनिसकेकी छन् । उनले सन् २००६ मा रिलिज फिल्म ‘हसीना’मा आफ्नो बोल्ड अन्दाज देखाएकी थिइन् ।

ममता कुलकर्णी

९० दशककी लोकप्रिय अभिनेत्री ममता कुलकर्णीले आफ्नो करियरमा कैयौं फिल्ममा अभिनय गरिन् । यसबाहेक उनले सन् २००० मा रिलिज ‘बी’ ग्रेडको फिलम ‘डिवाइन टेम्पल खजुरा’मा पनि अभिनय गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै