२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादमा आमीरको ‘लाल सिंह चड्डा’, जलाइयो आमीरको पोस्टर

१५ जेष्ठ २०७९, आईतवार ०५:३४

जेठ १५, काठमाडौँ | बलिउड अभिनेता आमीर खानको फिल्म ‘लाल सिंह चड्डा’ दर्शकका लागि प्रतिक्षित फिल्म हो । यो फिल्म ११ अगष्टमा रिलिज हुँदै छ । फिल्ममा आमीरसँगै करिना कपुर प्रमुख भूमिकामा छन् । फिल्मको ट्रेलर २९ मे अर्थात् आईपीएलको फाइनलको अवसरमा रिलिज हुँदै छ ।


तर, ट्रेलर रिलिज हुनुअघि नै फिल्म विवादमा तानिएको छ । हिन्दु संगठनले यो फिल्मको विरोध गरेका छन् । यतिमात्र होइन संगठनसँग आवद्ध व्यक्तिहरूले आमीरको पोस्टरलाई नै जलाइदिएका छन् ।

उत्तर प्रदेशको सुल्तानपुरमा हिन्दु संगठनसँग आवद्ध व्यक्तिहरूले आमीर खान र फिल्मकोविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले आमीरको पोस्टर च्यातेर बाटोमा जलाएका छन् । उनीहरूले ट्रेलर रिलिजको दिन सडकमै आएर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।

‘आमीर खानलाई आईपीएलमा बोलाइएको छ । आमीर प्रायः भारतको संस्कृति र सभ्यताविरुद्ध बोल्दै आएका छन् । यी तिनै आमिर हुन्, जो हिजाबको ठूलो समर्थक हुन् । उनकी छोरी फेसबुकमा कस्ता फोटो शेयर गर्छिन् भन्ने कुरा सबैलाई थाहा नै छ । यतिमात्र होइन, उनको श्रीमतीलाई पनि भारतमा बस्न डर लाग्छ ।  यस्ता व्यक्तिलाई आईपीएल व्यवस्थापनले कसरी बोलाइरहेको छ, हामीले बुझ्न सकेको छैन’, सनातन रक्षक सेनाका प्रदेश उपाध्यक्ष राहुल सिंहले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो