२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण भारतीय फिल्ममा किन बढी काम गर्छन् सोनु ?

१५ जेष्ठ २०७९, आईतवार ०६:४६

जेठ १५, काठमाडौँ | एजेन्सी | बलिउड अभिनेता सोनु सुद बलिउडमा चिनाइरहनु पर्ने नाम होइन । उनले आफ्नो करियरको सुरुवात सन् १९९९ मा ‘कालाझगर’ र ‘नेन्जिनिले’ जस्ता तमिल फिल्मबाट गरे । दक्षिण भारतीय फिल्ममा लामो समय बिताएपछि उनले हिन्दी फिल्ममा पाइला चाले । उनले हिन्दी फिल्ममा भने ‘शहीद-ए-आजम’बाट अभिनय सुरु गरेका थिए ।


यद्यपि, सोनु दक्षिण भारतीय फिल्ममा निकै सक्रिय छन् । हालैमात्र सोनुले दक्षिण भारतीय फिल्ममा किन बढी समय दिन्छन् भन्ने कुराको खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा दक्षिण भारतीय फिल्मप्रतिको मोहका बारेमा कुराकानी गरेका छन् ।

‘म स्क्रिप्टलाई लिएर सुरुदेखि नै चुजी छु । चाहे त्यो तमिल, तेलुगू या हिन्दी नै किन नहोस् । दक्षिण भारतीय फिल्मले मलाई खराब हिन्दी फिल्मबाट बचाइरहेको छ । नत्र त एक समय आउँछ जब तपाईंलाइ लाग्छ कि तपाईं कुनै ठूलो फिल्ममा देखिनका लागि मात्र काम गर्नुहुन्छ । दक्षिण भारतीय फिल्मले मलाई यस्तो काम गर्न टाढा राख्छ’, उनले भनेका छन् ।

सोनु हालैमात्र तेलुगू फिल्म ‘आचार्य’मा देखिएका थिए । जहाँ उनले चिरञ्जीवी र उनका छोरा रामचरणसँग अभिनय गरेका थिए । यो फिल्ममा सोनुलाई नकारात्मक भूमिकामा देखाइएको थियो । यद्यपि, फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन ।

उनले अक्षय कुमार, मानुषी छिल्लर र सञ्जय दत्तका साथ फिल्म ‘सम्राट पृथ्वीराज’मा पनि अभिनय गरेका छन् । यो फिल्म ३ ज'नमा रिलिज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो