२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण भारतीय फिल्ममा किन बढी काम गर्छन् सोनु ?

१५ जेष्ठ २०७९, आईतवार ०६:४६

जेठ १५, काठमाडौँ | एजेन्सी | बलिउड अभिनेता सोनु सुद बलिउडमा चिनाइरहनु पर्ने नाम होइन । उनले आफ्नो करियरको सुरुवात सन् १९९९ मा ‘कालाझगर’ र ‘नेन्जिनिले’ जस्ता तमिल फिल्मबाट गरे । दक्षिण भारतीय फिल्ममा लामो समय बिताएपछि उनले हिन्दी फिल्ममा पाइला चाले । उनले हिन्दी फिल्ममा भने ‘शहीद-ए-आजम’बाट अभिनय सुरु गरेका थिए ।


यद्यपि, सोनु दक्षिण भारतीय फिल्ममा निकै सक्रिय छन् । हालैमात्र सोनुले दक्षिण भारतीय फिल्ममा किन बढी समय दिन्छन् भन्ने कुराको खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा दक्षिण भारतीय फिल्मप्रतिको मोहका बारेमा कुराकानी गरेका छन् ।

‘म स्क्रिप्टलाई लिएर सुरुदेखि नै चुजी छु । चाहे त्यो तमिल, तेलुगू या हिन्दी नै किन नहोस् । दक्षिण भारतीय फिल्मले मलाई खराब हिन्दी फिल्मबाट बचाइरहेको छ । नत्र त एक समय आउँछ जब तपाईंलाइ लाग्छ कि तपाईं कुनै ठूलो फिल्ममा देखिनका लागि मात्र काम गर्नुहुन्छ । दक्षिण भारतीय फिल्मले मलाई यस्तो काम गर्न टाढा राख्छ’, उनले भनेका छन् ।

सोनु हालैमात्र तेलुगू फिल्म ‘आचार्य’मा देखिएका थिए । जहाँ उनले चिरञ्जीवी र उनका छोरा रामचरणसँग अभिनय गरेका थिए । यो फिल्ममा सोनुलाई नकारात्मक भूमिकामा देखाइएको थियो । यद्यपि, फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन ।

उनले अक्षय कुमार, मानुषी छिल्लर र सञ्जय दत्तका साथ फिल्म ‘सम्राट पृथ्वीराज’मा पनि अभिनय गरेका छन् । यो फिल्म ३ ज'नमा रिलिज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै