२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमानका अनेक सोख

१५ जेष्ठ २०७९, आईतवार ०७:१९

जेठ १५, काठमाडौँ | एजेन्सी | बलिउडका सुल्तान सलमान खान फिल्म दुनियाँमा सबैभन्दा ठूलो सुपरस्टार हुन् । आफ्नो फिल्ममा भयंकर एक्सनका लागि प्रख्यात सलमान केही फरक कुरामा शौखिन छन् । चाहे त्यो शरीर बनाउने मामलामा होस् या सडकमा साइकल चलाउने बानीका कुरामा ।


सलमान बाल्यकालदेखि नै यस्ता काममा चासो राख्थे, जुन कामले उनलाई आनन्द दिलाओस् । सलमानको बाल्यकालका केही सोख आफैंमा रमाइला किसिमका थिए । जुन कुरा पढ्दा जोकोही पाठक हाँस्छन् ।

आप चोर्ने काम

सलमानका पिता सलिम खानले कैयौं पटक आफ्ना तीन छोरामध्ये सबैभन्दा फटाहा सलमान नै रहेको खुलाउँदै आएका छन् । सलमान बाल्यकालमा ग्वालियरको सिन्धिया स्कुलमा पढ्थे । स्कुलबाट गर्मीको बिदा भएपछि बिदाको आनन्द लिन इन्दोर आउँदा नियमित रुपमा साइकल कुदाउँथे । साइकलमा टाढा पुगेर बगैंचाहरूमा साथीहरूसँग आप चोर्दै खान्थे । उनी आँपसँगै जामुन पनि उत्तिकै चोर्थे ।

कुवामा पौडी

सलमानले पौडीको मामलामा महारथ नै हासिल गरिसकेका छन् । यो दाबी उनी स्वयं गर्छन् । तर, बाल्यकालमा सलमान पानीमा पौडिन निकै डराउँथे । एकदिन उनकी ठूली आमाले सलमानलाई डरबाट मुक्त राख्नका लागि शरीरमा डोरी बाँधेर कुवामा धकेलिदिएकी थिइन् । यसपछि सलमानलाई पानीमा डुब्ने डर समाप्त भएको थियो ।

स्कुटर र बलयगाडा चलाउने सोख

कलेज जीवनमा सलमानका अनौठा सोख थिए । अन्य साथीहर" बाइकमा कलेज जाँदा सलमान भने स्कुटरमा पुग्थे । गाउँमा जाँदा भने उनी गाउँ घुम्नका लागि बयलगाडा चलाउँथे ।

बाइक स्टण्टमा घाइते

बाइक चलाउने जोकोही खुला सडकमा बाइक चलाउन चाहन्छन् । तर सलमान यो मामलामा केही फरक थिए । उनी बिग्रिएका सडकमा बाइक र जिप स्टण्ट गर्थे । एकपटक उनले स्टण्ट दिँदा बाइक लडेपछि हात नै भाँचिएको थियो । जसकारण उनले पिता सलिमबाट गाली खानु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव