२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग

१७ जेष्ठ २०७९, मंगलवार ०६:२७

जेठ १७, काठमाडौँ | ‘कबड्डी-४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । 

उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् । 


प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । उनलाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न संघसंस्थाले छलफल गरिरहेका छन् । 

यता चलचित्रका निर्देशक रामबाबु गुरूङले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन् । ‘तपाईहरूबाट नै मैले पनि थाहा पाएको छु । नायिकासँग सम्पर्क भएको छैन । यस विषयमा दुवै पक्षको कुरा सुनेर मात्र हामी अगाडि बढ्छौं,’ गुरूङले भने । 

उक्त विवादलाई लिएर चलचित्र नै बहिस्कार गर्नुपर्छ भन्ने विषय गलत भएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव