२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री मिरुनाले भनिन्, ‘पटक पटक दुर्व्यवहार भएपछि प्रतिकारमा उत्रिएँ’

१७ जेष्ठ २०७९, मंगलवार ०८:११

जेठ १७, काठमाडौँ | अभिनेत्री मिरुना मगरले फुर्वा लामाले आफूलाई पटक पटक दुर्व्यवहार गरेको कारण आफू प्रतिकारमा उत्रिएको बताएकी छन् । एक युट्युब च्यालनसँग कुराकानी गर्दै उनले अति भएर दुर्व्यवहारको प्रतिकार गरेको बताएकी हुन् ।

‘कार्यक्रममा धेरै भिड थियो । म प्यानहरूसँग सेल्फी खिचिरहेको थिए । त्यो क्रममा हल्का छुने त भइहाल्छ नि । यो मैले पनि बुझेकी छु’ उनले भनिन् ‘म अगाडि फर्किएर फोटो खिच्दै थिए । पछाडि कसैले देब्रे साइडमा चिमोटेको फिल गरे । भिडमा त्यतिकै महसुस भएको होला भनेर केही हच्किए ।’ पहिलो पटकमा आफू माथि दुर्व्यवहार भएको होइन होला जस्तो समेत लागेको उनले सुनाइन् ।


‘एक पटक भयो होइन होला भनेर केही पर सरे, अर्को पटक फेरि त्यस्तै अलि बढी भयो । फेरि होइन, सार्वजनिक ठाउँमा यस्तो हुँदैन भन्ने सोचेर अलिकति सरे’ मगरले अगाडि भनिन् ‘तेस्रो पटक एकदमै दुख्ने गरेर पक्रिएपछि प्रतिकारमा उत्रिएको हो ।’ प्रतिकारको सुरुमै आफूले एक थप्पड हानेको उनले सुनाइन् ।

थप्पड हानेपछि उनलाई भिक्षुकको भेषमा देख्दा झन् रिस उठेको बताएकी उनले अभिनेत्रीको रूपमा भन्दा पनि दाजुभाइलाई सिकाउनु पर्ने दिदीबहिनीको रूपमा गाली गरेको र आइन्दा कसैलाई छुने होइन भनेर छोडेको बताइन् । 

‘त्यहाँ धेरै भिड भएकोले त्यो कुरोले मलाई लाज भयो । बाहिर निस्किएर रोए पनि । मैले कमजोर फिल समेत गरे । फेरि यो सही भएन भन्ने लाग्यो’ उनले अगाडि थपिन् ‘फर्केर हेर्दा त्यो व्यक्ति हाँसेर डुलिरहेको देखेपछि झन् रिस उठ्यो । कानुनको सहारा लिएँ ।’ उनलाई पुलिसमा बुझाएपछि विभिन्न माध्यमबाट दबाब समेत आइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो