२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड गायक केकेको निधनमा उजुरी दर्ता

१८ जेष्ठ २०७९, बुधबार ०७:२५

जेठ १८, मुम्बई | बलिउडका लोकप्रिय गायक कृष्णकुमार कुन्नथ (केके) को मंगलबार निधन भएपछि उनको मृत्युको मामिलामा न्यु मार्केट थानामा प्रहरीले असामान्य मृत्युको कारण जनाउँदै उजुरी दर्ता गराएको छ । प्रहरीका अनुसार केकेको अनुहार र टाउकोमा चोटको निशान देखिएको छ ।

प्रहरीले यो मामिलामा होटलका कर्मचारी र कन्सर्ट आयोजकसँग सोधपुछको तयारी गरेको छ । केकेले कोलकाताको उल्टाडाँगामा रहेको गुरुदास महाविद्यालयको नजरुल मञ्चमा लाइभ कन्सर्ट गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार मञ्चमा उपस्थित हुँदादेखि नै केकेले अस्वस्थ अनुभव गरिरहेका थिए ।


उनी पाँच तारे होटलमा जानेक्रममा त्यहाँको सिँढीमा लगेका थिए । त्यसपछि उनलाई कोलकाताको एक निजी अस्पताल सीएमआरआईमा लगिएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

कन्सर्टको व्यवस्थापनमाथि अडिटोरियमा आवश्यकताभन्दा बढी भीड र अव्यवस्थित बनाएको आरोप लागेको छ । अडियटोरियमको क्षमता २५ सयदेयिख तीन हजारको भए पनि त्यहाँ दर्शकको उपस्थिति त्यो भन्दा बढी रहेको थियो । अडिटोरियममा टिकट नभई पासको माध्यमबाट प्रवेश दिइएको थियो ।

प्रहरीले अहिले होटलको सीसीटीवी फुटेजको अनुसन्धान गरिरहेको छ । केकेको कोलकाताको सुपर स्पेसलिटी अस्पतालमा एसएसकेएममा पोस्टमार्टम हुँदैछ । यसपछि मात्र उनको निधनको वास्तविक कारण खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव