२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेश खन्नाको बायोपिकबाट पछि हटिन् फराह

२० जेष्ठ २०७९, शुक्रबार ०२:५१

जेठ २०, मुम्बई | एजेन्सी | फिल्म ‘मै हुँ न’बाट निर्देशकका रुपमा बलिउडमा डेब्यू गरेकी फराह खान बलिउडको प्रतिभावान निर्देशकका रुपमा चिनिन्छिन् ।

त्यसो त उनी आफैंमा एक कुशल कोरियोग्राफर पनि हुन् । केही समयअघि मात्र फराहले बलिउडका सुपरस्टार राजेश खन्नाको बायोपिक निर्देशन गर्ने खबरले बलिउड गर्माएको थियो । तर अब भने यो गर्माएको माहोल फराहकै कारण चिसिएको छ ।

गत वर्ष निर्माता निखिल द्विवेदीले आफूले राजेश खन्नाको बायोपिक बनाउने घोषणा गरेका थिए । धेरै फिल्मकर्मीले फिल्मको निर्देशन फराहले गर्ने अनुमान लगाएका थिए । यद्यपि फराहले हालसम्म निर्देशनबारे कुनै प्रतिक्रिया दिएकी थिइनन् ।

तर हालैको एक अन्तरवार्तामा उनले आफू राजेश खन्नाको बायोपिकमा नजोडिएको खुलाएकी छन् । ‘हालसम्म मैले यो अवसरका लागि हुन्छ भनेकी छैन । म अहिले नै निर्देशनमा कमव्याक गर्ने सोचमा छैन । मलाई लाग्छ यो वर्षको अन्त्यमा म केही नयाँ योजना लिएर आउँदैछु’, फराहले भनेकी छन् ।

फराहले झण्डै ८० फिल्मका करिब सय बढी गीतमा कोरियोग्राफी गरिसकेकी छन् । कोरियोग्राफीकै लागि उनले ६ फिल्म फेयर र एक नेसनल अवार्ड जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव