२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडमा तीन ठुला फिल्मको टक्कर

२० जेष्ठ २०७९, शुक्रबार ०६:२२

जेठ २०, काठमाडौं | शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।


सम्राट पृथ्वीराज 

अक्षय कुमार अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गरेका हुन् । विश्वभर ४ हजार ९ सय ५० पर्दामा एकसाथ रिलिज भएको यो दर्शकको प्रतिक्षित सूचीमा रहेको फिल्म हो । ‘बच्चन पाण्डे’, ‘बेल बटम’ असफल भएपछि अक्षय कुमारले यो फिल्मबाट राहत पाउने आस गरेका छन् । फिल्ममा अक्षय कुमारले सम्राट पृथ्वीराजको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा मिस वल्र्ड मानुषी छिल्लर राजकुमारी संयोगिताको भूमिका छिन् । मानुषीले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । फिल्मले एडभान्स बुकिङबाट ३.४३ करोड कमाएको छ । फिल्मको पहिलो दिनको आम्दानी १३ देखि १५ करोड हुने अपेक्षा गरिएको छ । फिल्म हिन्दी, तमिल र तेलुगूमा रिलिज भएको हो ।

विक्रम 

 साउथ सुपरस्टार कमल हासनको फिल्म ‘विक्रम’ ले पनि राम्रो आम्दानी गर्ने अपेक्षा गरिएको छ । १५० करोडको लागतमा बनेको फिल्म लोकेश कनगराजले निर्देशन गरेका हुन् । फिल्मले अग्रिम बुकिङबाट ११.५५ करोड कमाएको छ । फिल्मले पहिलो दिन ४० देखि ४५ करोडको कारोबार गर्न सक्ने अनुमान गरिएको छ । फिल्म तमिल, तेलुगू, मलयालयम, कन्नड र हिन्दीमा रिलिज भएको छ । 

मेजर

मुम्बई हमलाका शहिद ‘मेजर’ सन्दीप उन्नीकृष्णनको बिषयमा बनेको फिल्म हो । २५ करोडको लगानीमा निर्माण भएको फिल्ममा अदिवि शेषले मेजरको भुमिका निर्वाह गरेका छन् । फिल्ममा शेषको अलवा मान्वरेकर, शोभिता धुलिपाला र प्रकाश राजको पनि मुख्य भुमिका छ । फिल्मको एडभान्स बुकिङबाट कुल २.९० करोड कमाएको छ । फिल्म तेलूगु, मलयालम र हिन्दीमा रिलिज भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो