२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउडबाट प्रभावित आमिरका यी १० फिल्म

२१ जेष्ठ २०७९, शनिबार ०८:५६

जेठ २१, मुम्बई | एजेन्सी | अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चड्डा’लाई लिएर चर्चामा छन् । सन् २०१८ पछि उनी अभिनित यो फिल्म रिलिज हुँदैछ । फिल्मका कारण आमिर विवादमा पनि तानिएका छन् । उनको फिल्म बहिस्कारको माग उठिरहेको छ ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । त्यसो त उनी अभिनित यो फिल्ममात्र होइन, करिब १२ फिल्म हलिउडको रिमेक हुन् ।

९० को दशकमा आमिरले वर्षमा धेरै फिल्ममा अभिनय गरे । तर सन् २००० पछि उनले वर्षमा एकमात्र फिल्ममा अभिनय गर्ने निर्णय लिए । उनले अभिनय गरेको ‘जो जिता वही सिकन्दर’देखि लिएर ‘गजनी’सम्म आइपुग्दाका फिल्म हलिउडको रिमेक नै हुन् ।

दिल है कि मानता नही

महेश भट्ट निर्देशित यो फिल्ममा आमिर र पुजा भट्टको जोडीले अभिनय गरेका छन् । यो फिल्म सन् १९३४ को हलिउड फिल्म ‘इट ह्यापेन्ड वान नाइट’को हिन्दी रिमेक हो ।

जो जीता वही सिकन्दर

आमिर खानको करियर बनाएका फिल्ममध्ये यो पनि एक हो । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यो हलिउड फिल्म ‘ब्रेकिङ अवे’बाट प्रभवित थियो । यसको हिन्दी रिमेकको निर्देशन मंसूर खानले गरेका थिए । फिल्ममा दीपक तिजोरी, आयशा जुल्का र पूजा बेदीको पनि अभिनय थियो ।

हम हैं राही प्यार के

यो फिल्मको निर्देशन महेश भट्टले गरेका थिए । आमिर खान, जुही चावलाको अभिनय रहेको यो फिल्म सन् १९८५ मा रिलिज हलिउड फिल्म ‘हाउस बोट’को हिन्दी रिमेक हो ।

बाजी

यो फिल्मलाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् । हलिउड फिल्म ‘डाई हार्ड’बाट प्रभावित यो फिल्ममा ममता कुलकर्णी, परेश रावल, आशीष विद्यार्थी र मुकेश ऋषिको अभिनय थियो ।

आतंक ही आतंक

यो फिल्म सन् १९७२ मा रिलिज फिल्म ‘गडफादर’को रिमेक थियो । दिलिप शंकरको निर्देशन रहेको फिल्ममा आमिर र रजनीकान्त प्रमुख भूमिकामा थिए ।

अकेले हम अकेले तुम

यो फिल्म सन् १९७९ को अवार्ड विजेता हलिउड फिल्म ‘क्रामर भर्सेस क्रामर’को हिन्दी रिमेक हो । यसमा मनीषा कोइरालाको पनि अभिनय थियो ।

मन

आमिर खान र मनीषा कोइरालाको फिल्म मनलाई दर्शकले निकै मनपराए । इन्द्र कुमारको निर्देशन रहेको यो फिल्ममा अनिल कपुरको पनि अभिनय थियो । यो फिल्म सन् १९५७ मा रिलिज हलिउड फिल्म ‘एन अफेयर टु रिमेम्बर’बाट हुबहु प्रभावित थियो ।

रंग दे बसन्ती

यो फिल्म हेर्दा दर्शकलाई हलिउड फिल्म ‘जेसस अफ मोन्टरियल’को सम्झना गराउँथ्यो । राकेश ओमप्रकाश मेहरा निर्देशित फिल्म सन् १९४८ मा रिलि हलिउड फिल्म ‘अल माइ सन्स’बाट पनि प्रभावित थियो ।

फना

यो फिल्ममा आमिर र काजोलको अभिनय थियो । फिल्मको सेकेण्ड हाफ सन् १९८१ मा रिलिज फिल्म ‘आइ अफ द निडल’ र सन् १९९९ को कोरियन फिल्म ‘शिरी’सँग मिल्दो जुल्दो थियो ।

धूम ३

फिल्म ‘धुम’को तेस्रो सिरिज ‘धुम ३’ क्रिस्टोफर नोलानको सन् २००६ मा रिलिज फिल्म ‘द प्रेस्टिज’बाट प्रभावित थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो