२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउडबाट प्रभावित आमिरका यी १० फिल्म

२०७९, २१ जेष्ठ शनिबार ०८:५६

जेठ २१, मुम्बई | एजेन्सी | अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चड्डा’लाई लिएर चर्चामा छन् । सन् २०१८ पछि उनी अभिनित यो फिल्म रिलिज हुँदैछ । फिल्मका कारण आमिर विवादमा पनि तानिएका छन् । उनको फिल्म बहिस्कारको माग उठिरहेको छ ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । त्यसो त उनी अभिनित यो फिल्ममात्र होइन, करिब १२ फिल्म हलिउडको रिमेक हुन् ।

९० को दशकमा आमिरले वर्षमा धेरै फिल्ममा अभिनय गरे । तर सन् २००० पछि उनले वर्षमा एकमात्र फिल्ममा अभिनय गर्ने निर्णय लिए । उनले अभिनय गरेको ‘जो जिता वही सिकन्दर’देखि लिएर ‘गजनी’सम्म आइपुग्दाका फिल्म हलिउडको रिमेक नै हुन् ।

दिल है कि मानता नही

महेश भट्ट निर्देशित यो फिल्ममा आमिर र पुजा भट्टको जोडीले अभिनय गरेका छन् । यो फिल्म सन् १९३४ को हलिउड फिल्म ‘इट ह्यापेन्ड वान नाइट’को हिन्दी रिमेक हो ।

जो जीता वही सिकन्दर

आमिर खानको करियर बनाएका फिल्ममध्ये यो पनि एक हो । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यो हलिउड फिल्म ‘ब्रेकिङ अवे’बाट प्रभवित थियो । यसको हिन्दी रिमेकको निर्देशन मंसूर खानले गरेका थिए । फिल्ममा दीपक तिजोरी, आयशा जुल्का र पूजा बेदीको पनि अभिनय थियो ।

हम हैं राही प्यार के

यो फिल्मको निर्देशन महेश भट्टले गरेका थिए । आमिर खान, जुही चावलाको अभिनय रहेको यो फिल्म सन् १९८५ मा रिलिज हलिउड फिल्म ‘हाउस बोट’को हिन्दी रिमेक हो ।

बाजी

यो फिल्मलाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् । हलिउड फिल्म ‘डाई हार्ड’बाट प्रभावित यो फिल्ममा ममता कुलकर्णी, परेश रावल, आशीष विद्यार्थी र मुकेश ऋषिको अभिनय थियो ।

आतंक ही आतंक

यो फिल्म सन् १९७२ मा रिलिज फिल्म ‘गडफादर’को रिमेक थियो । दिलिप शंकरको निर्देशन रहेको फिल्ममा आमिर र रजनीकान्त प्रमुख भूमिकामा थिए ।

अकेले हम अकेले तुम

यो फिल्म सन् १९७९ को अवार्ड विजेता हलिउड फिल्म ‘क्रामर भर्सेस क्रामर’को हिन्दी रिमेक हो । यसमा मनीषा कोइरालाको पनि अभिनय थियो ।

मन

आमिर खान र मनीषा कोइरालाको फिल्म मनलाई दर्शकले निकै मनपराए । इन्द्र कुमारको निर्देशन रहेको यो फिल्ममा अनिल कपुरको पनि अभिनय थियो । यो फिल्म सन् १९५७ मा रिलिज हलिउड फिल्म ‘एन अफेयर टु रिमेम्बर’बाट हुबहु प्रभावित थियो ।

रंग दे बसन्ती

यो फिल्म हेर्दा दर्शकलाई हलिउड फिल्म ‘जेसस अफ मोन्टरियल’को सम्झना गराउँथ्यो । राकेश ओमप्रकाश मेहरा निर्देशित फिल्म सन् १९४८ मा रिलि हलिउड फिल्म ‘अल माइ सन्स’बाट पनि प्रभावित थियो ।

फना

यो फिल्ममा आमिर र काजोलको अभिनय थियो । फिल्मको सेकेण्ड हाफ सन् १९८१ मा रिलिज फिल्म ‘आइ अफ द निडल’ र सन् १९९९ को कोरियन फिल्म ‘शिरी’सँग मिल्दो जुल्दो थियो ।

धूम ३

फिल्म ‘धुम’को तेस्रो सिरिज ‘धुम ३’ क्रिस्टोफर नोलानको सन् २००६ मा रिलिज फिल्म ‘द प्रेस्टिज’बाट प्रभावित थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी