२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुखमाथि पाँच अर्बको लगानी

२२ जेष्ठ २०७९, आईतवार ०९:०४

एजेन्सी | सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’ पछि अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए । तर, उनका फ्यानहरु उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित थिए । अब फ्यानका लागि प्रतिक्षाको घडी सकिएको छ ।

शाहरुखले एकसाथ तीन फिल्मको घोषणा गरेका छन् । जसमा यशराज प्रोडक्सनको व्यानरमा बनिरहेको एक्सन स्पाई फिल्म ‘पठान’, राजकुमार हिरानीको फिल्म ‘डंकी’ र दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमारको फिल्म ‘जवान’ छन् । केही दिन अघिमात्र शाहरुखले ‘जवान’को टिजर सार्वजनिक गरेका थिए ।

शाहरुख खानको नयाँ फिल्म 'जवान'को टिजर रिलिज – Online Khabar

‘शाहरुख एक वर्षमा आफ्ना तीन फिल्मका साथ दर्शकलाई मनोरञ्जन दिन तयार छन् । यी तिनवटै फिल्मको बजेट उच्च छ । तीन फिल्मको कुल बजेट करिब ५०० करोड (पाँच अर्ब)सम्म छ । शाहरुखको स्टारडमलाई हेर्दै निर्माताहरुले उनको फिल्ममा लगानी गर्न कुनै कसुर बाँकी राखेका छैनन्’, स्रोतले भनेको छ ।

फिल्म ‘पठान’ २५ जनवरी, २०२३ मा रिलिज हुँदै छ । फिल्ममा शाहहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया प्रमुख भूमिकामा छन् । फिल्ममा सलमान खानको केमियो पनि छ ।

फिल्म ‘डंकी’मा पहिलोपटक अभिनेत्री तापसी पन्नु शाहरुखसँग रोमान्स गर्दैछिन् । राजकुमार हिरानीको निर्देशन रहने फिल्म कमेडीसँगै इमोसनल ड्रामा फ्लेभरको हुनेछ । फिल्म २२ डिसेम्बर, २०२३ मा रिलिज हुनेछ ।

फिल्म ‘जवान’मा शाहरुखका अलावा नयनतारा, सान्या मल्होत्रा, सुनील ग्रोवरलगायतका कलाकारको अभिनय छ । फिल्म २ जुन २०२३ मा रिलिज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव