२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिक्किममा ‘कबड्डी ४’लाई रोक लगाउन बौद्ध धर्मगुरुको माग, रिलिज गरे सडकमा उत्रिने

२२ जेष्ठ २०७९, आईतवार ११:००

जेठ २२, काठमाडौं | अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । दुवै पक्षले माफी मागिसके पनि यो मुद्दा झनै चर्किने संकेत देखिएको छ ।

विवाद चर्कंदै जाँदा फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।


पत्रकार सम्मेलनमा पिन्त्सोले भने, ‘यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं ।’ उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरे ।

‘वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ । यस विरुद्ध सबैले आवाज उठाउनु जरुरी छ,’ उनले भने, ‘नेपालमा समेत विवाद समाधान हुनुपर्ने हाम्रो आग्रह छ ।’

‘कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थामा प्रहार गरेको पनि बौद्ध धर्मगुरु पिन्त्सोले बताए । ‘जुन रुपमा लामाको क्यारेक्टर चित्रण गरिएको छ । त्यो पूर्ण रुपमा गलत छ,’ उनले भने ।

सिक्किममा ‘कबड्डी ४’लाई जुन १७ मा रिलिज गर्ने तयारी छ । फिल्मका निर्माता मणिराम पोखरेलले सिक्किममा सिर्जना भएको विवादलाई समाधान गर्न प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव