२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला

२२ जेष्ठ २०७९, आईतवार ११:५९

जेठ २२, काठमाडौं | अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा पाइला चालेका छन् । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मबारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो ।

फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द सृजनन, सुभाष भुसालको संगीत तथा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । भिडियोमा आकाश र प्रमिला फिचर्ड छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।



अभिनेता तथा निर्देशक खनालले आफ्नो फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । ‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला, तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु । फिल्म मनोरञ्जनको माध्यम हो । तर, हामीहरू जस्तो मान्छेले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ’, उनले भने ।

अभिनेता आकाशले सरोज खनालजस्तो कलाकारको निर्देशनमा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । फिल्ममा भूमिका सानो भएपनि प्रभावकारी रहेको उनको भनाइ छ । नवअभिनेत्री कार्कीले मुर्धन्य कलाकारहरुसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । फिल्मका निर्माता सुरेश वाग्लेले कथावस्तुले मन छोएपछि लगानी गर्न तयार भएको बताए ।

फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ ।

फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव