२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरिहर र नीताले असार २४ मा लगनगाँठो कस्ने, बिहे र रिसेप्सन दुवै याक एन्ड यतिमा

२३ जेष्ठ २०७९, सोमबार ०६:५७

जेठ २३, काठमाडौँ | नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको विवाहको तिथि जुरेको छ । उनीहरूले आउँदो असार २४ गते लगनगाँठो भएका कस्ने भएका छन् ।

नीता र हरिहर प्रेममा परेको केही वर्ष भयो । उनीहरूले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारेका पनि छैनन्, लुकाएका पनि छैनन् । विवाहको विषयमा भने दुवैले मौनता साँधिरहेका छन् ।


स्रोतका अनुसार आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको छ । दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने छन् । यसअघि नायिकाद्वय केकी अधिकारी र वर्षा शिवकोटीभन्दा फरक नीता–हरिहरको विवाह भने तामझामपूर्ण हुने छ । चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको स्रोतले बतायो ।

नीता हरिहरको विवाहमा भारतीय कलाकार प्रदीप सिंह रावत पनि सहभागी हुने तय भएको छ । भारतको सुपरहिट चलचित्र ‘गजनी’ मा खलनायकको भूमिकाबाट ख्याति कमाएका यी कलाकार नीताले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व–दीर्घ’ मा अनुबन्धित छन् ।

विवाहको विषयमा हरिहरलाई नेपाल प्रेसले प्रश्न गर्दा उनले खुल्न चाहेनन् । अहिलेसम्म विवाहको टुंगो नलागेको उनले दाबी गरे । ‘हामी छलफलमै छौँ, टुंगो लागेपछि भनौँला नि’ अधिकारीले भने ।

नीता र हरिहरको पहिलो भेट नीताकै घरमा भएको थियो । नीताको भनाइ अनुसार उनका भाइ र हरिहर साथी थिए । भाइसित भेट्न घरमा आउँदा उनीहरूबिच हाई हेल्लो भएको थियो । नीताको जन्मदिनमा आयोजित पार्टीमा हरिहर सहभागी भएपछि उनीहरूको सम्बन्ध प्रगाढ बन्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव