जेठ ३०, काठमाडौं | बलिउड अभिनेता रणवीर कपूर र आलिया भाटले गत अप्रिलमा विवाह गरे । करीब ५ वर्षसम्म प्रेम सम्बन्धलाई उनीहरूले विवाहको रुप दिएका हुन् ।
रणवीरले आलियासँग विहे गरेसँगै आफ्नो जीवनमा त्यस्तो बदलाव नआएको बताएका छन् ।
भारतीय सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा उनले विगत ५ वर्षदेखि आलियासँग आफू नजिक नै रहेकाले अहिले पनि त्यस्तो फरक नपरेको सुनाए ।
उनले विवाहको अघिल्लो दिन पनि आफूहरू काम गरिरहेको समेत बताए ।
आलिया पनि विवाहअघि चलचित्रको शुटिङमै व्यस्त थिइन् । अहिले आलिया लण्डनमा एक चलचित्रको शुटिङमा व्यस्त छिन् ।
आलिया उताबाट फर्किएपछि आफ्नो चलचित्र ‘शमशेरा’ रिलिज हुने रणवीरले बताएका छन् । उनले कुराकानीकै शिलशिलामा अहिलेसम्म हाम्रो विवाह भएको जस्तो महशुस नभएको समेत सुनाएका छन् ।