२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री श्रद्धा कपूरका भाइ प्रहरी हिरासतमा

३० जेष्ठ २०७९, सोमबार ०७:२३

जेठ ३०, काठमाडौं | बलिउडका फिल्म अभिनेता सिद्धान्त कपूरलाई प्रहरीले पक्राउ गरेको छ । कलाकार शक्ति कपूरका छोरा तथा अभिनेत्री श्रद्धा कपूरका भाइ सिद्धान्त कपूरलाई बैंग्लोर प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


प्रहरीका अनुसार सिद्धान्त कपूरको ड्रग टेस्ट पोजिटिभ पाइएको छ । आइतबार बैंग्लोरस्थित पार्क होटलको पबमा सिद्धान्तलाई डीजेको रुपमा आमन्त्रण गरिएको थियो ।

उक्त पार्टीमा प्रहरीले छापा मारेर ३५ जना व्यक्तिको मेडिकल टेस्ट गरेको थियो । जसमा ६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । ती छ जनामध्ये एक व्यक्ति शक्ति कपूरका छोरा सिद्धान्त हुन् ।

शक्ति कपूरले सञ्चार माध्यमसंग कुरा गर्दै भनेका छन् –‘यो सम्भव छैन मात्र भन्न सक्छु ।’

यद्यपि, बैंग्लोर प्रहरीका अनुसार जुन व्यक्तिलाई ड्रग लिएको आधारमा दोषी पाइएको छ, उनीहरु मध्ये एक सिद्धान्त कपूर पनि हुन् । प्रहरी अहिले उक्त कुराको अनुसन्धान गरिरहेका छन् । उनले होटलमा आउनु अगाडि ड्रग लिएका थिए भने होटलको पार्टीमा पनि ड्रग लिएको बताइन्छ ।

सिद्धान्त कपूरले शूटआउट एट वडाला, चेहेर, अगली जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव