२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रेलर सार्वजनिक भएसँगै किन विवादमा तानियो ‘ब्रह्मास्त्र’?

२ असार २०७९, बिहीबार १०:३१

एजेन्सी | बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएसँगै फिल्म विवादमा तानिएको छ । ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिस्कारको माग गरिरहेका छन् ।

ट्रेलरको एक दृश्यमा रणवीर भाग्दै मन्दिरभित्र पस्छन् । घण्टी बजाउन उफ्रिँदा उनले जुत्ता लगाएको प्रस्ट देख्न सकिन्छ । यो दृश्य देखेका दर्शकहरुले रणवीरको शैलीप्रति रिस व्यक्त गरेका छन् ।

‘जुत्ता लगाएर मन्दिरमा प्रवेश गर्नु । यही आशा गर्न सकिन्छ । बलिउड कहिल्यै पनि सनातन धर्मलाई आहत गर्ने मौका छोड्दैन,' एक प्रयोगकर्ताले लेखेका छन् ।

अर्का प्रयोगकर्ताले ‘जुत्ता लगाएर मन्दिरमा घण्टी बजाउनु । यो दक्षिण भारतीय फिल्म र हिन्दी फिल्ममा अन्तर छ । दक्षिण भारतीय हिन्दु संस्कृतिलाई सम्मान गर्छन्’ भन्दै विरोध गरेका छन् ।

अयान मुखर्जी निर्देशित फिल्मको सुटिङ करिब पाँच वर्षसम्म गरियो । फिल्मकै लागि अयान त्यो समयभन्दा अघि तीन वर्षसम्म व्यस्त थिए ।

करण जोहारको प्रोडक्सनमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा रिलिज हुँदैछ । फिल्ममा अमिताभ बच्चन, आलिया भट्ट, रणवीर कपुर, मौनी रोय र नागार्जुन अक्किनेनीको अभिनय छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव