२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३८ फिल्म

३ असार २०७९, शुक्रबार १२:०५

असार ३, काठमाडौं | अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०२२’ यही २३ देखि २६ जुनसम्म हुने भएको छ । भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिल्महरु प्रदर्शन हुँदैछन् ।

Avatar

२३ जुनमा पुरानो ग्रीनबेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित फिल्म ‘हल्कारा’को भौतिक प्रदर्शनबाट फेस्टिभलको शुभारम्भ हुनेछ । समापन भने जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको सर्ट फिल्म ‘द लिप रिडर’बाट हुनेछ ।

भौतिक प्रदर्शनीबाहेक फेस्टिभल अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत फिल्महरु हेर्न सकिनेछ । विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा दुईवटा फिल्म प्रदर्शन हुनेछन भने स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उपप्रदर्शन गरिनेछ ।

प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिने छ । प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत पनि गरिनेछ।

फेस्टिभलका लागि ७ जनाको निर्णायक मण्डल घोषणा गरिएको छ । जसमा नेपालबाट अनुप सुबेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव