२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेस्टुरेन्टमा आलिया भट्टको तस्बिरले हंगामा

५ असार २०७९, आईतवार १०:४२

असार ५, मुम्बई | बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘गंगूबाई काठियावाडी’ विश्वभरका दर्शकले मन पराए । फिल्मको सुरुवाती दृश्य होस् वा क्लाइमेक्स या कुनै अन्य दृश्य नै किन नहोस्, सबै दृश्यमा एक यौनकर्मीको संघर्ष देखाइएको थियो । फिल्ममा एक दृश्य छ, जहाँ गंगूबाई बनेकी आलियाले कोठी बाहिर ग्राहकलाई बोलाउँछिन् ।

यही दृश्यको तस्बिरले पाकिस्तानमा हंगामा भएको छ । पाकिस्तानको एक रेस्टुरेन्टले आफ्नो मार्केटिङका लागि आलियाले ग्राहक बोलाउँदै गरेको तस्बिर प्रयोग गरेपछि त्यसको तीव्र आलोचना भएको छ ।


‘आउन राजा–किन पर्खिरहेका छौ ? आउनु र सोमबार झुलनमा पुरुषका लागि दिइने मूल्यमा २५ प्रतिशत छुटको लाभ उठाउनु’, रेस्टुरेन्टले आफ्नो विज्ञापनमा लेखेको छ । रेस्टुरेन्टले ग्राहकलाई आकर्षित गर्न नयाँ तरिका अपनाए पनि ‘गंगुबाई काठियावाडी’बाट आलियाको तस्बिर राखेकोमा सबैले आपत्ति जनाएका छन् ।

रेस्टुरेन्टको यो शैलीप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । ‘तपाईं विज्ञापनका लागि यति पीडादायक दृश्य कसरी प्रयोग गर्न सक्नुहुन्छ ?’ एक प्रयोगकर्ताले लेखेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले ‘तपाईं मानिसहरूलाई किन गलत सन्देश दिनुहुन्छ ? यो निकै खराब बजार रणनीति हो’ भनी लेखेका छन् ।

आफ्नो मार्केटिङ नीतिप्रति तीव्र आलोचना भएपछि रेस्टुरेन्टले स्पष्टीकरण दिएको छ । उसले कराँचीमा प्रकाशित पत्रिकाको कटिङ सेयर गर्दै ‘यो एक अवधारणा मात्र हो । कसैको भावनामा आहत गर्नु हाम्रो उद्देश्य थिएन । यो फिल्म र यो पोस्ट एक कन्सेप्टमा आधारित छ । पहिलेको जस्तै हाम्रो रेस्टुरेन्ट सबैका लागि खुला छ र हामी त्यही प्रेमले सबैलाई सेवा दिन्छौं’ भनी लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव