वरवधु पहिर"/>
वरवधु पहिर"/>
टेलिभिजन चर्चित टेलिश्रृंखला ‘तीतो सत्य’ कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईंले मंगलबार बैवाहिक बन्धनमा बाधिएका छन्।
वरवधु पहिरनमा राज र सुनिशा खुसी र आकर्षक देखिएका छन् । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।
उनीहरुले रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरुले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरुको विवाह समारोह भएको हो। बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ ।