२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आदिपुरुषलाई प्रभासले मागे १२० करोड भारु

९ असार २०७९, बिहीबार ०३:१४

असार ९, मुम्बई | एजेन्सी | प्रभास दक्षिण भारतीय फिल्मको मात्र नभई बलिउडका लागि पनि चिनिएका अभिनेता हुन् । उनले फिल्म ‘बाहुबली’मार्फत भारतसँगै विश्वभर लोकप्रियता कमाए । उनको फिल्म हेर्न जोकोही लालयित हुन्छन् । हालका दिनमा उनी नयाँ फिल्म ‘आदिपुरुष’का कारण चर्चामा छन् ।

प्रभासले फिल्म ‘आदिपुरुष’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । उनले निर्मातासँग १ सय २० करोड भारु पारिश्रमिक मागेका छन् । जबकी यसअघि उनले ९० देखि १०० करोड भारु पारिश्रमिक बुझ्दथे ।

प्रभासको मागले निर्माताहरु सशंकित छन् । किनकी फिल्मका लागि अझै पनि केही दृश्य खिच्न बाँकी नै छ । प्रभासको मागले फिल्मको बजेट थप २५ प्रतिशत बढ्ने निर्माताहरुले उल्लेख गरेका छन् ।

प्रभास अभिनित सन् २०१९ को फिल्म ‘साहो’ र यसै वर्ष रिलिज फिल्म ‘राधे श्याम’ बक्सअफिसमा असफल साबित भइसकेको छ । दुई फिल्म फ्लप हुँदा पनि प्रभासले पारिश्रमिक किन बढाए भन्ने कुरामा निर्माता चकित परेका छन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव