२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडमा पाइला चाल्दै यी साउथस्टार

२०७९, ११ असार शनिबार ०५:२१

असार ११, मुम्बई | साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ । पछिल्लो समयमा बलिउडमा साउथ स्टारहरुले धमाधम केमियो गरिरहेका छन् ।

रामचरण तेजा साउथका सुपरस्टार हुन् । हालै रिलिज फिल्म ‘आरआरआर’मा उनको अभिनयको तारिफ भएको थियो । साउथमै रिलिज उनको फिल्म ‘आचार्य’पनि हिट साबित भएका थियो । यिनै रामचरण बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा केमियो गर्दैछन् ।

शाहरुख खानको फिल्म ‘जवान’को पोस्टर केही दिनअघि रिलिज भएको थियो । यो पोस्टरमा शाहरुख पट्टी बाँधेर अनौठो रुपमा देखिएका थिए । यो फिल्ममा साउथ अभिनेत्री नयनतारा शाहरुखको अपोजिटमा छिन् । यो फिल्ममा साउथ सुपरस्टार थलापति विजय पनि केमियो भूमिकामा देखिँदैछन् ।

अर्का साउथ स्टार सूर्याले फिल्म ‘जय भीम’बाट अभिनयको तारिफ राम्रो पाए । उनी चाँडै अक्षय कुमारको फिल्ममा देखिँदैछन् । सूर्या साउथको फिल्म ‘सोरारई पोटरु’मा प्रमुख भूमिकामा देखिएका थियो । अब यो फिल्मको हिन्दी रिमेक बन्दैछ, जसमा सूर्याकै अभिनय रहनेछ ।


अभिनेत्री रश्मिका मन्दानासँग हालका दिनमा बलिउडका तीन फिल्म छन् । उनी सिद्धार्थ मल्होत्राका साथ ‘मिसन मजनू’मा देखिँदैछिन् । यसबाहेक विकास बहलको ‘गुडबाय’मा अमिताभ बच्चन र नीना गुप्ताका साथ देखिँदैछिन् । यसबाहेक उनी रणवीर कपूरका साथ फिल्म ‘एनिमल’मा पनि देखिँदैछिन् ।

नागा चैतन्य हालका दिनमा आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन् । उनी आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा केमियो गर्दैछन् । यो फिल्मका लागि उनलाई आमिरले नै प्रस्ताव गरेका थिए ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी