२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बलिउडका यी कलाकार खानेकुराको सौखिन

१७ असार २०७९, शुक्रबार १२:२७

एजेन्सी | आफ्नो मनपर्ने कलाकारको जीवनका बारेमा जान्न जोकोही फ्यान उत्सुक हुन्छन् । फ्यानहरुलाई कलाकारहरूले कुन खानेकुराको सौखिन छन् भन्ने कुरामा झन चासो राख्छन् । यहाँ बलिउडका लोकप्रिय कलाकारको मनपर्ने खानेकुराको बारेमा उल्लेख गरिएको छ ।

अमिताभ बच्चन

अमिताभ बच्चन उमेरले ७९ वर्ष पुगिसके, तर उनी फिल्ममा निरन्तर सक्रिय छन् । यो उमेरमा पनि उनी फिट छन् । विलासी जीवन बिताए पनि खानेकुराको मामलामा उनी साधारण जीवन अपनाउँछन् । उनी भिण्डी अत्याधिक मनपराउँछन् ।

ऋतिक रोशन

खाजामा समोसा सबैको प्रिय हो । तर, केही मानिसहरू मोटो भएकै कारण समाेसा खान डराउँछन् । तर, अभिनेता ऋतिक रोशन समाेसाको सौखिन हुन् ।

कटरिना कैफ

हरेक युवती कटरिना कैफ जस्तो फिट रहने चाहना राख्छन् । तर, कमैलाई थाहा होला, उनी खानको सौखिन हुन् भन्ने। उनलाई पेन कके निकै मनपर्छ । उनी प्रायः पेन केक आफ्नो स्टोरीमा राखिरहेका हुन्छिन् ।

दीपिका पादुकोण

अभिनेत्री दीपिकाले कैयौं प्लेटफर्ममा आफू खानेकुराको सौखिन रहेको स्वीकारेकी छन् । तर, उनको फिटनेस हेर्दा उनी खानको सौखिन छिन् भन्ने कुरा पत्याउन मुस्किल पर्छ । दीपिकालाई रसम राइस निकै मनपर्छ । साउथको यो लोकप्रिय खानेकुरालाई उनी बिना हिच्किचाहट खान्छिन् ।

शाहरुख खान

शाहरुखको विलासी जीवनबारे जोकोही जानकार छन् । तर, एक समय उनी खानका निकै सौखिन थिए । अहिले खाने र पिउने मामलामा उनी कम सक्रिय रहे पनि कुनै बेला उनको लोकप्रिय खानेकुरा चिकन तन्दुरी थियो ।

सलमान खान

सलमान बिरयानीको सौखिन हुन् । उनले जब समय पाउँछन्, बिरयानी खाइहाल्छन् । ईदको मौकामा उनले मिडियालाई पनि बिरायनी खुवाउन भुल्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की