२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा

२० असार २०७९, सोमबार ०२:२४

असार २०, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक ‘होलैसुङ र हलेसी गढी’ र ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो । ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’ आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले सार्वजनिक गरेका छन् । 

 हलेसी गढीको इतिहासलाई अभिलेखीकरण एवं संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरणका लागि इतिहास खोतलेर पुस्तक र भिडियो वृत्तचित्रमा संग्रहित गरिएको हलेसी गढी संरक्षण कार्यदलका संयोजक भूपेन्द्रकुमार राईले बताए । पुस्तक नेपाली, चाम्लिङ र अंग्रेजी भाषामा लेखिएको छ । कार्यदलले दिएको जिम्मेवारी अनुसार मुन्दुम अध्ययन–अनुसन्धाता भोगीराज चाम्लिङले इतिहासकार, विज्ञ, लेखक, संस्कृतिविद र गढीका इतिहास जानकार स्थानीयसँगको अध्ययन र कुराकानीका आधारमा ‘होलैसुङ र हलेसी गढी’को दस्ताबेजीकरण गरेका हुन् । भिडियो वृत्तचित्र भने पत्रकार दिपेन्द्र राईको लेखन तथा निर्देशनमा तयार पारिएको हो । 

हलेसी गढीमा करिब चार सय वर्ष पहिले किरात राजा होलेसुङले राज्यसत्ता सञ्चालन गरेका थिए । हलेसीथुमका तिनै प्रथम कविला होलेसुङकै नामबाट ठाउँको नाम नै हलेसी रहन गएको इतिहास छ । किराती राजा होलेसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा बिक्रम सम्बत १८३० भदौमा पृथ्बीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको अध्यता चामलिङ बताउँछन् ।

हलेसी गढीको ऐतिहासिक पुस्तक तथा वृत्तचित्रले भविष्यमा गढीको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‘ऐतिहासिक हलेसी गढीको इतिहास, कथा–कहानी हाम्रा पुर्खाले भन्दै गए, सन्ततिले सुन्दै आए । स्मृतिका कुरा पुस्तान्तरणसँगै क्रमशः विस्मृत हुँदै गएका छन् । गढीमा रहेका पुर्खाको चिनो, पुरातात्विक महत्वका विभिन्न भौतिक पहिचान हराउँदै नासिँदै गइरहेका छन्,’ कार्यदलका संयोजक राईले भने, ‘गढीको अस्तित्व जोगाएर यसैबाट आत्मकसम्मान र आयश्रोत प्राप्ति गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने नैतिक दायित्व र जिम्मेवारीबोध गरिएको हो । यसबाट इतिहास, संस्कृति र गढीलाई पर्यटनसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।’कवि तथा गीतकार भुपाल राई, किरात राई यायोक्खाका पुर्वअध्यक्ष एबं संस्कृतिकर्मी चतुभक्त राई, डा. धनप्रसाद सुवेदी, डा। भक्त राई, लेखक चन्द्रकुमार राई हतुवाली, संस्कृतिकर्मी शालिक सताशक, दलका नेता, वडाध्यक्ष लगायतको उपस्थितिमा ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो । 

हलेसी गढीको संरक्षण र संवद्र्धनका लागि नगरपालिकाकै पहलमा २१ असार २०७८ मा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडक अन्तरगत दुर्छिमको छापडाँडा भन्दा केही माथि र रावाचुङगढी नजिकै रहेको हलेसीगढी पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य एबं ऐतिहासिक अध्ययनको केन्द्रकारुपमा विकास हुँदै गएको छ । सल्लाघारीले ढाकेको हलेसीगढीले गोरखा दरबार, पाटन दरबार, कीर्तिपुर दरबारको जस्तै ऐतिहासिक महत्व बोके पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव