२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शमशेरा बन्न २० पटक नुहाएका थिए रणवीर

२६ असार २०७९, आईतवार ०६:१९

असार २६, एजेन्सी | करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो । यो अवधिमा उनले बुबा ऋषि कपूरलाई गुमाए । अभिनेत्री आलिया भट्टसँग विवाह गरे । उनी यो वर्ष पिता बन्दैछन् ।

यसबाहेक उनका चार फिल्म फ्लोरमा छन् । हालैमात्र उनले फिल्म ‘शमशेरा’को बारेमा खुलेर कुरा गरेका छन् । ‘जब मलाई यो फिल्मको प्रस्ताव आयो, मैले विश्वास गर्न सकिनँ । किनकी स्क्रिनमा म रोमान्टिक हिरोको रुपमा दर्शकमाझ चिनिएको छु । यसको कथा मनपर्‍याे, यसमा दुई भूमिका थिए । मलाई बलीको भूमिकाको अफर गरिएको थियो । शेरा कोही अर्को अभिनेताले अभिनय गर्ने कुरा थियो । मभित्र स्वार्थी कलाकार थियो, जसकारण मैले शेराको भूमिका पनि म नै गर्छु भनें । एक बाबु र छोराको चरित्रलाई म राम्रोसँग प्रस्तुत गर्न सक्छु’, रणवीरले भनेका छन् ।

रणवीरले ‘शमशेरा’का लागि निकै लुक टेस्ट दिनुपरेको थियो । यो चरित्र शारीरिक रुपमा पनि चुनौतीपूर्ण रहेकाले उनले निकै मेहनत गरेका थिए । रणवीर आफ्नो १५ वर्षे करियरमा पहिलोपटक कुनै पीरियड एक्सन फिल्मको हिस्सा बन्दैछन् र पहिलोपटक नै दोहोरो भूमिकामा देखिँदैछन् ।

यो फिल्मको सुटिङको किस्सा आफैंमा रोचक छ । जुन किस्सा स्वयं रणवीरले सुनाएका छन् । ‘म जहिल्यै १० देखि १५ किलोको धुलो सेटमा राख्थें र सुटिङ सुरु हुनासाथ पंखाको अगाडि धुलो उडाउँथे । त्यो धुलो मेरो आँखा र कानमा जान्थ्यो । म संवाद बोल्न सक्दिन थिएँ । यसबाट छुट्कारा पाउन म घर गएर २० पटकसम्म नुहाँउथे । तर, पनि धुलो निस्कँदैन थियो । यस्तो धुलोमा मैले स्वीमिङ गरेको छु । त्यो समयमा मेरो दिमागले निर्देशकलाई निकै गाली गर्थे । तर, जब स्क्रिनमा आफूलाई हेर्छु, तब यो सबै गर्नु व्यर्थ थिएन जस्तो लाग्छ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव