२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई पोस्टरमा ‘म’

२०७९, ३१ असार शुक्रबार ०७:०७

असार ३१, काठमाडौं | फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टर कान्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र अन्य पात्रहरू घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका अभिनयका विद्यार्थी हुन् । उनले यसै फिल्ममार्फत अभिनयमा डेब्यू गरेका हुन् ।

निर्माण टिमले केही दिनअघि एक मिनेटको टिजर सार्वजनिक गरेको थियो । टिजर र पोस्टर अनुसार निशा अधिकारी डाक्टर, रुविना थापा नर्स, निराजन प्रधान पुलिस अफिसर, नरेन खड्का ग्याङ्स्टार लुक्समा देखाइएको छ । टिजरमा सरोज खनाल, सविन श्रेष्ठ, सरिता लामिछाने र पुनम श्रेष्ठलाई देखाइए पनि उनीहरूको चरित्र खुलाइएको छैन ।

फिल्मको निर्देशक सुवर्ण थापा हुन् । उनले बनाएको फिल्म ‘सुनगाभा’ले समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाएको थियो । उनको नयाँ फिल्म ‘राधा’ आगामी १० भदौमा रिलिज हुँदैछ ।

फिल्ममा तेन्जिङ पाल्देनको छायांकन, बनिष शाहको सम्पादन, विमला हुमागाई र पदम पुरीको निर्माण तथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीका लेखन तथा क्रिएटिभ प्रोड्युसर छन् ।

कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतीमा निर्माण भएको यो फिल्म २० साउनबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी