२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनयमा राज कुन्द्राको डेब्यु

२०७९, ३२ असार शनिबार ०९:०५

असार ३२, मुम्बई | गतवर्ष पोर्नोग्राफी केसमा मुछिएर ६४ दिनसम्म जेलको हावा खाएका राज कुन्द्राले अभिनयमा डेब्यू गरेका छन् । बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राजले गत महिना ‘यूटी नम्बर ६९’ नामक फिल्मको सुटिङ मुम्बईमा पूरा गरेका छन् ।

सुटिङको लोकेशन मुम्बईको सब–अर्बन इलाका मीरा रोडमा स्थित डब्बा फ्याक्ट्रीमा थियो । फिल्मको नाम आर्थर रोड जेलको त्यो ब्यारेकसँग सम्बन्धित छ, जहाँ राज कैदीका रुपमा बन्द थिए । फिल्मको सुटिङ १८ दिनमा सम्पन्न भएको थियो । अब यसलाई ओटीटी प्राइम भिडियोलाई बेच्ने तयारी भइरहेको छ ।

‘फिल्ममा राज कुन्द्रा आफैंले अभिनय गरेका छन् । आर्थर रोड जेलमा जब उनी थिए, त्यहाँ जे कुरा उनीमाथि भयो, त्यसलाई फिल्मको कथामा देखाइएको छ । फिल्मलाई गुपचुप सुटिङ गरिएको छ । फिल्मको सेकेण्डरी कास्टमा अरु कोही छैनन् । फिल्मको चर्चा बढी नहोस् भनेर राजले कोही कलाकार लिएनन्’, फिल्म निकट स्रोतले भनेको छ ।

फिल्मका कास्ट एण्ड क्रु पनि एक दुई वटा फिल्ममा काम गर्ने मात्र छन् । ब्यानरको नाम द बिगर पिक्चर हो । फिल्मको निर्देशन शाहनवाज अलीले गरेका छन् । आर्ट डिरेक्टर नीरजकुमार सिंहले डब्बा फ्याक्ट्रीलाई आर्थर रोड जेलमा रुपान्तरण गरेका हुन् ।

गत वर्ष राजमाथि पोर्न फिल्म बनाएको आरोप लागेको थियो । यो मुद्धामा मुम्बई प्रहरीले राजसहित १० व्यक्तिलाई आरोपी बनाएको थियो । सबैविरुद्ध चार्जशिट दायर भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले