दङ्गाली ढिटो सुरेश पोख्रेल उनी कलाकारिता क्षेत्रका नयाँ आसा लाग्दो र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

दङ्गाली ढिटो सुरेश पोख्रेल उनी कलाकारिता क्षेत्रका नयाँ आसा लाग्दो र "/>

२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी आए देउखुरीका सुरेश पोख्रेल पर्दामा ?

२३ भाद्र २०७३, बिहीबार १२:१७

 

दङ्गाली ढिटो सुरेश पोख्रेल उनी कलाकारिता क्षेत्रका नयाँ आसा लाग्दो र जोशिलो अनुहार हो । 

देउखुरीको सिसहनियाँ—५ कमलरोडका पोख्रेल कम्प्युटर एप्लिकेसनमा बीसीए गरेका छन् । प्यूठान जिल्लाको पकला गाविसमा जन्मिएका उनी राम्रो कमाउन कतार हानिए, त्यहाँ बस्दा राम्रै थियो । विस्तारै पोख्रेलको संगत नेपालबाट जाने कलाकारहरूसँग हुन थाल्यो । ’कतारमा नेपालका अधिकांश कलाकारहरु कार्यक्रम प्रस्तुत गर्न जान्छन्, पोख्रेलले भने, ’म कलाकारितामै मोहित भएँ ।’

कमाउने सपना बोकेर मुलुक छोडेका सुरेशलाई कलाकारिताको मोहले नेपाल तान्यो । दुर्गम प्यूठानमा आमा चन्द्रकला र बुवा देवप्रसाद पोख्रेलले कम्प्युटर इन्जिनियर बन भन्दा उनले मानेनन् । विदेश हानिए । ’भित्रैदेखि इच्छा जागे मात्रै जे पनि हुँदो रहेछ, सुरेशले अनुभव सुनाए, ‘म कमाउन गएको केटो कलाकार बन्न बन्छु भन्ने साचेको पनि थिएन् । 

नेपाल फर्कनुअघि नै उनले कतारमै दुई म्युजिक भिडियोमा अभियन गरिसकेको छन् । खाडी मूलक कतारबाट कलाकारिता क्षेत्रमा प्रबेश गरेका सुरेश कतारमै गायक हेमन्त शिशिरको “कसम खाई भन्छु” बोलको गीतको म्युजिक भिडियोमा पहिलो पटक अभियनका गरेका छन् । 

त्यसपछि उनले कतारमै प्रमोद खरेलको “बाचा कसम तोडिदियौ’ बोलको गीतमा गरेको म्युजिक भिडियोले उनलाई यस क्षेत्रमा चिनाइदियो । झट्ट हेर्दा नायक जीवन लुइँटेल जस्ता देखिने सुरेशले आफूलाई सुरेशकै रूपमा चिनाउने सपना बोकेको बताए ।

नेपाल फर्किएपछि उनले स्वरूपराज आचार्यको स्वरमा रहेको गीत ’छुट्यौ भने रुनुपर्ला’ मा निता ढुंगानासँग अभिनय गरे । यसले उनलाई निकै चर्चा दिलायो । ’मैले फर्किएर ठीकै गरेँजस्तो लाग्यो सुरेशले भने । त्यसपछि प्रमोद खरेलको ’मेरो माया’,कृष्ण विश्वकर्मा र कल्पना बीसीको तीज गीत “रातो साडी” लगायत दर्जन गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । 

उनको गीत हर्न थयगतगदभ मा गएर कगचभकज उयपजबचभ िसर्च गरेर “छुट्यौ भने रुनुपर्ला” म्युजिक भिडियो हर्न सकिन्छ भने कगचभकज उयपजबचभ ितभभव कयलन सर्च गरेर “रातो सारी” तीज गीतको म्युजिक भिडियो हर्न सकिन्छ । उनको केही दिनमै थप ४ वटा म्युजिक भिडियो पनि बजारमा आउने तयारी भईरहेको सुरेशले बताए । छायांकनको काम सकाएर रिलिजको तयारीमा रहेको समेत उनले बताए । 

साथै अब उनलाई केही महिनामै ठुलो पर्दामा समेत देख्न सकिने भएको छ । सुरेश अब चलचित्रको ठुलो पर्दामा सह—नायकको भुमिकामा देखिने भएका छन् । दिपेश पाण्डेको नेपाली चलचित्र “भावना” र गणेश गिरीको चलचित्र “पञ्चायत” को सह—नायकको भुमिका केही दिनमै छायांकन शुरु गर्ने सुरेशले बताए । 

दाजु बसन्त पोख्रेलको माया र प्रेरणा तथा कलाकार ओबी राईमाझीको हौसलाले कतारबाटै कलाकारिता क्षेत्रमा प्रबेश गरेको सुरेशले भने । सबैको माया, साथ, सहयोग र प्रेरणा पाए अबका अगामी दिनमा कलाकारिता क्षेत्रमा छुट्टै परिवर्तन तर्फ लाग्ने बताए । यस्तो तरिकाले नेपाली कलाकारिता नटिक्ने बताउँदै उनले सक्षम र सबल कालाकारले मात्र देशमा कलाकारिताको विकास हुने बताए ।  

     कलाकारिता गर्छु भनेर कतारबाट नेपाल फिरेका उनलाई यस क्षेत्रमा पाउन थालेको चर्चा र स्थानले जति हौस्याएको छ, यसको भित्री कथाले भने पिरोल्न थालेको छ । ’कलाकारितामा नाम मात्रै रहेछ, दाम त उल्टै खर्चनु पो पर्ने, उनले भने, ‘यसरी त कसरी जिन्दगी चल्छ र ?’


उनले नेपाली कलाकारितामा मेहनत कम रोमान्स बढी देखेका छन् । ‘यसले कलाकारिता क्षेत्र माथि उठ्न सक्दैन, सुरेशले भने, ‘पुरुष कलाकारले आफैं पैसा हालेर कालकार बन्नुपर्ने बाध्यता छ ।’ 

नेपाली कलाकारिताले ९० प्रतिशत आफूलाई सुधार्न बाँकी रहेको सुझाव दिने सुरेश भन्छन्, ‘कि पैसा खर्चनु पर्ने या त सम्झौता गर्नु पर्ने सोचले क्वालिटीको कलाकारिता कहाँबाट हुन्छ ?’ ‘जीवन सपना र यथार्थ बीचको सत्य हो, हेरौं कहाँ पुग्न सकिन्छ ।’ यही क्षेत्रमा लाग्ने सपना बोकेर कतारबाट आएकाले केही गरेर देखाउने आँट आफूमा भएको उनले बताए । प्रस्तुति: सन्तोषकुमार गुप्ता 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ