२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिवकाे भिडियाेलाई लिएर आलोचना भएपछि माग्ने बुढाले माफी मागे, हटाए भिडियाे

२०७९, १६ श्रावण सोमबार १०:१५

साउन १६, काठमाडौं | हाँस्य टेलिभिजन कार्यक्रम कमेडी हबमा शिवलाई मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन्।  आइतबार साँझ सार्वजनिक १०औं भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएपछि उनले साेमबार माफी मागेका हुन् ।  

क्लिपमा शिवको चरित्रलाई उच्छृंखल देखाइएको भक्तजनको आरोप थियो । चाैतर्फी विरोध र आलोचना भएपछि सामाजिक सञ्जाल र युट्युबबाट समेत क्लिप हटाइएको छ। 

माग्ने बुढाले माफी माग्दै फेसबुकमा लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्शबमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।'​


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले