२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग

२०७९, २८ श्रावण शनिबार ०५:४२

साउन २८, मुम्बई | एजेन्सी | अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ ।


मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ । यो फिल्मको वितरक पेरामाउन्ट पिक्चर्स हो । जसका फिल्म पाकिस्तानमा पनि रिलिज हुन्छन् ।

तर, सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन र सिन्ध बोर्ड अफ फिल्म सर्टिफिकेसनले भने आमिरको फिल्मलाई पाकिस्तानमा रिलिज गर्न नदिने भएको छ । ‘हाम्रो नीति परिवर्तन हुँदैन । कुनै पनि भारतीय फिल्म या भारतमा बनेको फिल्म हाम्रो देशमा रिलिज हुँदैन । लाल सिंह चढ्ढा भारतीय फिल्म हो र नीति अनुसार यो पाकिस्तानमा रिलिज गर्नका लागि मिनिस्ट्रीले अनुमति दिँदैन’, स्रोतले भनेको छ । सिन्ध सेन्सर बोर्डले भने आमिरको फिल्म पाकिस्तानमा रिलिजको लागि कुनै पनि अनुरोध प्राप्त नगरेको दाबी गरेको छ ।  

पुलवामा हमलापछि भारत–पाकिस्तानमा तनाव बढेको थियो । सम्बन्ध खराब भएसँगै पाकिस्तानी अभिनेता र फिल्मलाई भारतमा प्रतिबन्ध लगाइएको थियो । सन् २०१९ फेब्रुअरी २६ मा भारत तर्फबाट जवाफमा बालाकोटमा एयर स्ट्राइक भएपछि पाकिस्तानमा पनि भारतीय फिल्ममा प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना