२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि सुरु हुँदै तेलुगु फिल्मको सुटिङ, कलाकारले अब दैनिक पैसा नपाउने

५ भाद्र २०७९, आईतवार ०९:३७

भदौ ५, काठमाडौं | एजेन्सी | केही समयअघि तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको र हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि तेलुगू फिल्मका निर्माताहरूको संघ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो ।


अब भने अर्को साताबाट फेरि फिल्मको सुटिङ सुरु हुने भएको छ । केही महत्वपूर्ण परिवर्तन गरेर फिल्मको सुटिङ गर्न लागिएको गिल्डले जनाएको छ । गिल्डका अनुसार पहिले जस्तै अब कुनै पनि कलाकारले दैनिक पैसा नपाउने र फिल्म हलमा रिलिज भएपछि कम्तीमा ८ हप्तापछि मात्र ओटीटीमा रिलिज गर्न सकिनेछ ।

केही अगाडि गिल्डले विज्ञप्ति जारी गर्दै समस्याको समाधान नभएसम्म सबै छायाङ्कन कार्य रोक्ने जनाएको थियो । ‘एकपटक सबै फिल्म निर्माताबीच गम्भिरतापूर्वक छलफल हुनु जरुरी छ,’ गिल्डले विज्ञप्तिमा भनेको थियो ‘फिल्मको इकोसिस्टमलाई अझै राम्रो बनाउने र स्वस्थ वातावरणमा फिल्म रिलिज गर्ने सुनिश्चित गर्नु हाम्रो दायित्व हो । यस सम्बन्धमा हाम्रा सबै सदस्यले अगस्ट १ देखि स्वेच्छिक रुपमा सबै छायांकन रोक्ने निर्णय गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव