२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गोर्खाः बिनिथ द ब्रेभरीले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ’

२०७९, ६ भाद्र सोमबार ०५:५८

भदौ ६, काठमाडौं | पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा निर्माणभएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ यही भदौ २४ गतेबाट रिलिज हुँदैछ । फिल्मका निर्देशक प्रदीप शाही विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउन तयार अवस्थामा छन् ।

‘फिल्मले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ । ३६ घन्टाको पहिलो विश्वयुद्धमा कुलवीर थापाले कसरी भिक्टोरिया क्रस पाउनुभयो भन्ने कथामा फिल्म बनेको छ । फिल्मले हामी गोर्खाली के हौं भनेर संसारलाई चिनाउनेछ,’फिल्म प्रदर्शनका लागि नेपालमा रहेका निर्देशक प्रदीप भन्छन् ।
निर्देशक शाहीले गोर्खालीलाई संसारले युद्ध गर्ने सैनिकभन्दा पनि गोर्खा सैनिकमा मानवता पनि छ भन्ने सन्देश दिन फिल्म निर्माण गरेको बताए । फिल्म नेपालअघि बेलायत र अमेरिकामा प्रदर्शन भइसकेको छ ।
प्रदीपको ‘गोर्खाः बिनिथ द ब्रेभरी’ पहिलो निर्देशकीय फिचर फिल्म हो । यसअघि उनले ‘पासपोर्ट’, ‘वेटिङ, ‘सिम्बोल १’, ‘कन्फ्लिक्ट’लगायत थुप्रै सर्ट फिल्मको निर्देशन गरेर अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका छन् ।
फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् ।
फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।
 २५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । फिल्म यहि कथाको वरपर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना