२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?

८ भाद्र २०७९, बुधबार ०५:५७

भदौ ८, काठमाडौं |  एजेन्सी | हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् ।

आलिया जस्तै बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन्, जो आज फिल्मका लागि करोडौं पारिश्रमिक बुझ्छन् । तर, तपाईंहरुलाई थाहा छ, उनीहरुले आफ्नो पहिलो फिल्मका लागि कति पारिश्रमिक लिएका थिए ?

सलमान खान

सलमान खानले लिड एक्टरका रुपमा फिल्म ‘मैने प्यार किया’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मका लागि उनले ७५ हजार पारिश्रमिक लिएका थिए । उनले यसअघि फिल्म ‘बीबी हो तो ऐसी’ मा सहायक चरित्रमा अभिनय गरेका थिए । यो फिल्मका लागि उनले ११ हजार पारिश्रमिक लिएका थिए । भाग्यश्रीलाई यो फिल्ममा सलमानभन्दा बढी पारिश्रमिक दिइएको थियो ।

सलमान खान नआउने, यस्तो छ कारण | Kathmandu Pati Kathmandu Pati

शाहरुख खान

सन् १९९२ मा रिलिज फिल्म ‘दीवाना’बाट शाहरुखले अभिनय करियर सुरुवात गरेका थिए । पहिलो फिल्ममा शाहरुखले ४ लाख पारिश्रमिक बुझेका थिए । यो फिल्मका लागि उनले फिल्मफेयर अवार्ड पनि जितेका थिए ।

Samakhabar | #शाहरुख खान Archives – Samakhabar

अक्षय कुमार

अक्षयले लिड एक्टरका रुपमा पहिलोपटक फिल्म ‘सौगन्ध’बाट यात्रा सुरु गरेका थिए । यो फिल्ममा  उनले शिव कृपलानीको भूमिका निर्वाह गरेका थिए । यो भूमिकाका लागि उनले ५१ हजार पारिश्रमिक लिएका थिए ।

पैसा कमाउन कुनै पनि काम अस्वीकार गर्दिनँ- अक्षय कुमार – Janaawaj

आमिर खान

सन् १९८८ मा रिलिज फिल्म ‘कयामत से कयामत तक’बाट आमिरले अभिनय करियरको सुरुवात गरेका थिए । उनले पहिलो फिल्मका लागि ११ हजार पारिश्रमिक लिएका थिए ।

आमिर खान – Interview Nepal

अमिताभ बच्चन

आजभन्दा ५० वर्ष अघि अमिताभ बच्चनले फिल्म ‘सात हिन्दुस्तानी’बाट डेब्यू गरेका थिए । यो फिल्म सन् १९६९ मा रिलिज भएको थियो । यो फिल्मका लागि उनले ५ हजार पारिश्रमिक बुझेका थिए ।

सिनेमा छायाँकनका लागि अमिताभ बच्चन नेपाल आउँदै

दीपिका पादुकोण

अभिनेत्री दीपिकाले सन् २००७ मा रिलिज फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्म ब्लकबस्टर हिट साबित भएको थियो । यो फिल्मका लागि उनले एक रुपैयाँ पनि पारिश्रमिक लिएकी थिइनन् ।

यस्तो सौखिन जीवन बिताउछिन् अभिनेत्री दीपिका पादुकोण

शाहिद कपूर

शाहिदले सन् २००३ मा रिलिज फिल्म ‘इश्क विश्क’बाट अभिनय करियर सुरुवात गरेकी थिइन् । यो रोमान्टिक कमेडी फिल्मका लागि उनले १ लाख ५० हजार पारिश्रमिक लिएका थिए ।

शाहिद कपूर का जीवन परिचय | Shahid Kapoor Biography In Hindi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव