२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘मलाई बान्ता मात्रै आउन बाँकी थियो’ आफ्नो गीतको रिमिक्स बनाउँदा नेहा कक्करमाथि भड्किइन् फाल्गुनी पाठ

९ आश्विन २०७९, आईतवार १०:१५

एजेन्सी | बलिउडकी चर्चित गायिका नेहा कक्कडले ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गाएपछि चर्चामा आएकी छिन् । ९० दशकको चर्चित गीतको रिमिक्स भर्सन गाएपछि नेहा सोसल मिडियामा बेस्सरी ट्रोल भएकी छिन् । नेहा कक्कडले गाएपछि यो गीतको वास्तविक गायिका फाल्गुनी पाठक पनि रुष्ट छिन् ।


नेहा कक्कडमाथि भड्किइन् फाल्गुनी पाठक

फाल्गुनी पाठकले नेहा कक्कडको ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गीतमा आश्चर्यचकित प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘मेने पायल हे छनकाईको रिमिक्स भर्सनले गीतको ओरिजिनालिटीलाई फेरिदिएको छ । साथै गीतको इनोसेन्स, फिलिङ्ग्स र एसेन्सलाई पनि नष्ट गरिदिएको छ ।’

फाल्गुनी पाठकले भारतीय संचारकर्मीसँग कुराकानीमा नेहा कक्कडको रिमिक्स भर्सनमा भनिन्, ‘मलाई रिमिक्स भर्सनबारे ३–४ दिन अघि थाहा भयो । पहिलो प्रतिक्रिया त फिटिक्कै राम्रो थिएन । मलाई बान्ता मात्रै आउन बाँकी थियो । ’

फाल्गुनी पाठकले थपिन्, ‘भिडियो र पिक्चराइजेशनमा जुन अबोधपन थियो, त्यसको त पूरा सत्यानास नै पारियो । रिमिक्स गरिँदै छ तर त्यसलाई डिसेन्ट तरिकाले गर्न सकिन्छ नि । यदि तपाईं युवापुस्तामाझ पुग्न चाहनुहुन्छ भने गीतको रिदम फेरिदिनुहोस् तर यसलाई सस्तो नबनाउनुहोस् । गीतको जुन ओरिजिनालिटी छ, फिलिङ्ग्स छ, एसेन्स छ…. इनोसेन्स छ त्यसलाई यथावत् राख्नुहोस् । गीतको ओरिजिनालिटीलाई नष्ट नगर्नुहोस् ।’

नेहा कक्कडले पनि दिइन् जवाफ

नेहा कक्कडले पनि फाल्गुनी पाठक र नकारात्मक कमेन्ट गर्नेहरुलाई जवाफ फर्काएकी छिन् । नेहाले एउटा पोस्ट सेयर गरेर लेखेकी थिइन्, ‘मैले जीवनमा जे हासिल गरेँ, त्यो दुनियाँको निकै कमको मात्रै भाग्यमा हुन्छ । त्यो पनि कम उमेरमा चर्चा, अनगिन्ती सुपरहिट गीत, सुपरडुपर हिट टिभी शोज, विश्व भ्रमण, बालबच्चादेखि ७०–८० वर्षसम्मका फ्यान र अरु धेरै । यो सबै मैले कसरी पाएँ भन्ने तपाईंलाई थाहा छ ? क्षमता, अत्यधिक मेहनत, प्यासन र सकारात्मकताको दममा मैले यो सबै पाएँ । मसँग आज जे पनि छ, त्यसका लागि म भगवानप्रति आभार व्यक्त गर्दछु । म भगवानको विशेष बच्चा हुँ र यसका लागि सबैलाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव