२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘मलाई बान्ता मात्रै आउन बाँकी थियो’ आफ्नो गीतको रिमिक्स बनाउँदा नेहा कक्करमाथि भड्किइन् फाल्गुनी पाठ

२०७९, ९ आश्विन आईतवार १०:१५

एजेन्सी | बलिउडकी चर्चित गायिका नेहा कक्कडले ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गाएपछि चर्चामा आएकी छिन् । ९० दशकको चर्चित गीतको रिमिक्स भर्सन गाएपछि नेहा सोसल मिडियामा बेस्सरी ट्रोल भएकी छिन् । नेहा कक्कडले गाएपछि यो गीतको वास्तविक गायिका फाल्गुनी पाठक पनि रुष्ट छिन् ।


नेहा कक्कडमाथि भड्किइन् फाल्गुनी पाठक

फाल्गुनी पाठकले नेहा कक्कडको ‘मेने पायल हे छनकाई’ गीतको रिमिक्स भर्सन गीतमा आश्चर्यचकित प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘मेने पायल हे छनकाईको रिमिक्स भर्सनले गीतको ओरिजिनालिटीलाई फेरिदिएको छ । साथै गीतको इनोसेन्स, फिलिङ्ग्स र एसेन्सलाई पनि नष्ट गरिदिएको छ ।’

फाल्गुनी पाठकले भारतीय संचारकर्मीसँग कुराकानीमा नेहा कक्कडको रिमिक्स भर्सनमा भनिन्, ‘मलाई रिमिक्स भर्सनबारे ३–४ दिन अघि थाहा भयो । पहिलो प्रतिक्रिया त फिटिक्कै राम्रो थिएन । मलाई बान्ता मात्रै आउन बाँकी थियो । ’

फाल्गुनी पाठकले थपिन्, ‘भिडियो र पिक्चराइजेशनमा जुन अबोधपन थियो, त्यसको त पूरा सत्यानास नै पारियो । रिमिक्स गरिँदै छ तर त्यसलाई डिसेन्ट तरिकाले गर्न सकिन्छ नि । यदि तपाईं युवापुस्तामाझ पुग्न चाहनुहुन्छ भने गीतको रिदम फेरिदिनुहोस् तर यसलाई सस्तो नबनाउनुहोस् । गीतको जुन ओरिजिनालिटी छ, फिलिङ्ग्स छ, एसेन्स छ…. इनोसेन्स छ त्यसलाई यथावत् राख्नुहोस् । गीतको ओरिजिनालिटीलाई नष्ट नगर्नुहोस् ।’

नेहा कक्कडले पनि दिइन् जवाफ

नेहा कक्कडले पनि फाल्गुनी पाठक र नकारात्मक कमेन्ट गर्नेहरुलाई जवाफ फर्काएकी छिन् । नेहाले एउटा पोस्ट सेयर गरेर लेखेकी थिइन्, ‘मैले जीवनमा जे हासिल गरेँ, त्यो दुनियाँको निकै कमको मात्रै भाग्यमा हुन्छ । त्यो पनि कम उमेरमा चर्चा, अनगिन्ती सुपरहिट गीत, सुपरडुपर हिट टिभी शोज, विश्व भ्रमण, बालबच्चादेखि ७०–८० वर्षसम्मका फ्यान र अरु धेरै । यो सबै मैले कसरी पाएँ भन्ने तपाईंलाई थाहा छ ? क्षमता, अत्यधिक मेहनत, प्यासन र सकारात्मकताको दममा मैले यो सबै पाएँ । मसँग आज जे पनि छ, त्यसका लागि म भगवानप्रति आभार व्यक्त गर्दछु । म भगवानको विशेष बच्चा हुँ र यसका लागि सबैलाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना