२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म चार फिल्म बक्स अफिसमा हिट, कुनले कति कमाए ?

३० आश्विन २०७९, आईतवार १०:१०

असोज ३०, काठमाडौँ | वर्ष २०७९ मा अहिलेसम्म रिलिज भएका धेरै नेपाली फिल्ममध्ये चार फिल्म मात्र व्यावसायिक सफल भएका छन् । बाँकी फिल्मले अन्य स्रोतबाट लगानी उठाए पनि बक्स अफिसमा चाहिं असफल रहे ।


वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म यी चार फिल्मले मात्र आफूलाई बक्स अफिसमा अब्बल बनाउन सके । जेठ १३ गते रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नेपाली बक्स अफिसमा मात्रै साढे २३ करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको ओपनिङ २ करोड ९० लाख रुपैयाँ ग्रस थियो । कुल कमाइ र ओपनिङको दुवै हिसाबमा कबड्डी ४ को यो कीर्तिमान हो ।विदेशबाट मात्र फिल्मले १० करोड हाराहारीमा कमाइ गरेको अनुमान छ । निर्माता यतिबेला कबड्डीको पाँचौं सिक्वेल निर्माणको तयारीमा छन् ।

‘प्रेमगीत ३’ यस वर्षको अर्को हिट फिल्म हो । फिल्मले दुई सातासम्म नेपालमा नेपाली र हिन्दी संस्करणबाट १३ करोड ग्रस कमाइ गरेको छ । प्रदीप खड्का स्टारर यो फिल्म यस वर्ष दुई अंकको कमाइ गर्ने कबड्डी ४ पछिको दोस्रो नेपाली फिल्म हो ।

केकी अधिकारी र आँचल शर्मा अभिनित फिल्म ‘झिंगेदाउ’को नेपाल लाइफटाइम कलेक्सन ७ करोड रुपैयाँ हाराहारी रह्यो । विशुद्ध ग्रामीण कथावस्तुमा बनेको यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने भीमनिधि तिवारीको कथामा फिल्म आधारित छ ।

अर्को बक्स अफिस हिट फिल्म हो दुई नम्बरी । जुन यतिबेला पनि हलमा आक्रामक ढंगमा प्रदर्शनरत् छ । फिल्मले पहिलो साता साढे चार करोड रुपैयाँ ग्रस कमाइ गरेको हिसाब प्राप्त छ ।

कमाइमा आक्रामक नभए पनि ‘ऐना झ्यालको पुतली’ले अब्बल समीक्षा प्राप्त गर्‍यो । समीक्षकले यसलाई दशककै उत्कृष्ट सिनेमा समेत भनेका छन् । सुजित बिडारी निर्देशित यो फिल्मको कमाइ डेढ करोड रुपैयाँ ग्रस आसपास रहेको अनुमान छ ।

बक्स अफिस कमाइका हिसाबले यस वर्ष अन्य पनि प्रतीक्षित फिल्महरु रिलिजको तयारीमा रहेकाले अझै यो संख्या बढ्ने अपेक्षा छ । के घर के डेरा, महापुरुष, छक्कापञ्जा ४ अपेक्षित फिल्म हुन् ।

यस वर्ष केही चर्चित कलाकारका फिल्म त रिलिज भए, तर तिनले बक्स अफिसमा आफूलाई सफल तुल्याउन सकेनन् । पूजा शर्माका दुई फिल्महरु सम्हालिन्छ कहिले मन र सम्झना बिर्सना असफल रहे । सौगात मल्लकै मन्त्र, घनचक्कर, माइकल अधिकारी, राधा पूर्णतः असफल रहे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस